त्रिलोचन कोइराला, दुवई, कात्तिक २६
पछिल्लो समयमा नेपालमा व्यवसायीक रुपमा निक्कै सफल देखिएको चलचित्र छक्क्कपञ्जा खाडी राष्ट्रमा पहिलोपटक युएईमा प्रदर्शन सुरु भएको छ । सुरुवाती प्रदर्शनमा हल पुरा भरिएको थियो । युएईको बरदुबईको क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हल, नेशनल सिनेमा हमदान अबुधाबीमा र फुजेराहको स्टार दाना भोक्स सिनेमा हलमा छक्कापञ्जा हाउसफुल प्रदर्शन भयो ।
नेपालमा दर्शकले मनपराएको चलचित्र ‘छक्कापञ्जा’ संयुक्त अरब ईमिरेट्स (युएई)का दर्शकको सबै भन्दा धेरै माग भएको चलचित्र हो । नेपाली चलचित्रमध्ये उच्च कमाइ गर्ने रेकर्ड राखिरहेको ‘छक्कापञ्जा’ युएईका बिभिन्न ८ शहरका १९ सिनेमा हलमा लागेको छ ।
नोभेम्बरमा ११ मा युएईको दुबइ, अबुधाबी, अजमान, सअलखेमा, फुजेराहलगायत ठाउँका भिभिन्न सिनेमा हलमा पनि सो चलचित्र प्रदर्शन हुनेछ । युएईका स्थानीय वितरकसँग सहकार्यगरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा त्यहाँ अक्टोबर १४ देखि अर्को नेपाली चलचित्र ‘वीर विक्रम’ पहिलोपटक प्रदर्शन भएको थियो ।
युएईमा वैधानिक रुपमा प्रदर्शन भएको पहिलो र दोस्रो चलचित्रले पाएको सफलतासँगै उत्साहित भएका कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका वितरक सालिक सुबेदीले नेपालमा रहेका नेपाली माझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रिय स्तरमा फैलाउन मद्दत पुगेको बताए ।
दीपाश्री निरौलाद्वारा निर्दे्शित पहिलो चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेका छ । चलचित्रमा गरिबीका कारण विदेशिन वाध्य आमनेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ ।
तस्वीरहरु समेटिएको भिडियो
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/2N-qYhpHIMs” frameborder=”0″ allowfullscreen></iframe>{/source}
