दुतावासहरुद्धारा कतारलाई आममाफीको समय बढाउन आग्रह

दोहा, कात्तिक २५

कतारमा आममाफीको समय बढाइदिन विभिन्न देशका दुतावासहरुले आग्रह गरेका छन् । आममाफीका लागि दिइएको समय सकिनै लाग्दा यस्तो आग्रह गर्र्न थालिएकोे हो । कतारमा अवैधानिक रुपमा बस्दै आएकाहरुलाई स्वेच्छाले स्वदेश फर्किन गत अगष्टदेखि दिइएको समय यहि डिसेम्वर १ देखि सकिंदैछ । 

हाल दुतावासमा कागजात बनाउन आउनेहरुको संख्या ठूलो रहेको भन्दै बंगलादेशी र श्रीलंकाली दुतावासले यस्तो आग्रह गरिसकेका छन् । दोहा स्थीत नेपाली दुतावासले पछिल्लो समयमा स्वदेश फर्किन आवेदन दिनेहरुको संख्या बृद्धि भएको जनाएको समाचारमा उल्लेख छ । यसैगरी बंगलादेश, श्रीलंका, फिलिपिन्स लगायतका देशका दुतावासहरुमा पनि भिड बढेको छ । 

तर अघिल्लो महिना नै कतारको अन्तरिक मन्त्रालयका उच्च अधिकारीले तीन महिनाको समयावधि लामो भएको भन्दै म्याद नथपिने बताइसकेको दोहा न्यूजले समाचार छापेको छ । तीन महिने आममाफी लगत्तै अवैधानिक कामदारको खोजि तिव्र बनाइने र सो क्रममा पक्राउ पर्नेहरुलाई कडा कारवाही हुने चेतावनी कतार सरकारले यसअघि नै दिइसकेको छ । 

यसै सम्वन्धि जानकारीमूलक भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय