हरि कृष्ण न्यौपाने, कुवेत, कात्तिक २५
कुवेतमा अवैधानिक रुपमा कार्यरत रहेको अवस्थामा दुवै मृगौलाले काम नगरी बिरामी परेर केही समययता कुवेतको मुबारक अलकबिर अस्पताल, जाब्रियामा उपचार गराइ रहेका गोर्खा, बारपाक १ का सन्त बहादुर गुरुङलाई नेपाल फर्काइएको छ ।
नेपाल कुवेत सरोकार समाजको बिशेष अनुरोध र नेपाली दुताबासको पहलमा कानुनी प्रकृया पुरा गरी गुरुङलाई स्वदेश फर्काइएको हो। नेपाली दुताबास कुवेतका द्धितिय सचिव भोगेन्द्र लिङ्देनका अनुसार सन्त बहादुरको स्थीति गम्भिर छ । उनलाई नियमित डाइलसिसको आवश्यकता पर्ने अस्पतालले जानकारी दिएको उनले बताए ।
यसैबीच सन्तबहादुरलाई नेपाल फर्किने टिकट तमु समाज, कुवेतले उपलब्ध गराएको छ। सन्तबहादुरलाई एनआरएनए कुवेतले ७१ केडी, नेपाल कुवेत सरोकार समाज कुवेतले ५१ केडी, तमु प्यल्हु संघ कुवेतले ६० केडी, रिसा गुरुङ लगायतले देउसी भैलो खेली उठाएको रकमबाट नगद सहयोग गरेका थिए। नेपाली दुताबासका कर्मचारीहरु र नेपाल कुवेत सरोकार समाजका पदाधिकारीहरुले सन्तबहादुरलाई कुवेत एयरपोर्टबाट स्वास्थ्यलाभको कामना सहित बिदाइ गरेका थिए।
कतारको नयाँ श्रम कानून सम्वन्धि जानकारीमूलक भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}
