अमेरिकामा ट्रम्पले चुनाव जितेपछि घट्यो रिंगिटको भाउ, रियाल, दिरहम पनि घट्यो

 
काठमाडौं, कात्तिक २५
अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मलेसियन रिंगेटको भाउ केहि घटेको छ । मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार ट्रम्पको विजय पश्चात खुलेको मलेसियाली बजारमा रिंगिटको भाउ कमजोर भएको हो । ट्रम्पको विजयले एसियाली देशका बासिन्दा पनि अचम्मित भएको भन्दै त्यसैको प्रभावस्वरुप शेयर बजार र सटही दर कमजोर भएको समाचारमा उल्लेख छ ।

यसैबीच नेपालमा पनि सवै देशको मुद्राको सटही दर घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ११ पैसा र विक्रि दर २९ रुपैंयाँ २८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया २६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४२ पैसा रहेको छ ।

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ९ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ २३ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५० रुपैंया ३० पैसा छ भनें विक्रि दर ३५२ रुपैंयाँ २८ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ १३ छ भनें विक्रि दर २८२ रुपैंयाँ ७२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

फरक प्रसँगको भिडियो हेर्नुहोस्

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय