‘जिसीसी सुपर डान्सर’मा दिया कुँवरलाई जिताउन जुटे नेपाली

  

दुवई, कात्तिक २५

भारतीय टेलिभिजन च्यानल सोनीद्वारा दुबईमा आयोजित जिसिसी सुपर डान्सर प्रतियोगिताको सर्बोत्कृष्ट १० मा पर्न सफल नेपाली बालिका दिया कुँवरलाई जिताउन भन्दै यहाँ कार्यरत नेपालीले सामाजिक सञ्जालमा अभियान थालेका छन् । उनलाई भोट गर्न आग्रह गर्दै युएईमा कार्यरत नेपालीले फेसबुक लगायतका सामाजिक सञ्जालमा अनुरोध गरेका हुन् । 

उनलाई भोट गर्न चाहनेले एसएमएस मार्फत भोट दिन सक्नेछन् । यसका लागि मोवाइलको म्यासेज बक्समा एसडी लेखेर एक स्पेश दिई १९ लेखेर ४३५९ मा पठाउनु पर्नेछ । गत ओक्टोबर २१, २२, २८ र २९ का दिन बिभिन्न चरणमा भएको छनौट प्रतियोगितामा उनी ९ सय भारतीय प्रतियोगीलाई पछी पार्दै टपटेनमा पर्न सफल भएकी हुन । प्रतियोगिताको ग्र्याण्ड फाईनल आगामी १८ नोभेम्बरका दिन दुबईमा हुने आयोजकले जानकारी गराएका छन । उक्त प्रतियोगितामा भाग लिने उनी एक मात्र नेपाली प्रतियोगी हुन ।  

भक्तपुर दुवाकोट निबासी ११ बर्षीय दिया बुवा दीपक कुँवर र आमा पूजा कुँवरको साथमा बिगत ४ बर्षदेखी युएईमा रहँदै आएकी छिन । उनी कक्षा ६ मा दुबईको एक बिद्यालयमा अध्ययनरत छिन । औपचारिक रुपमा कुनै तालिम नलिएकी दियाले युटुब र टेलिभिजन हेरेर नै अभ्यास गर्ने गरेकी छिन । उनलाई आमा पूजाले समेत कोरियोग्राफीमा सहयोग गर्ने गरेकी छिन । यसअघी दिया दुबईमा सम्पन्न हुने गरेका अधिकाँश नेपाली साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गर्ने गर्दथिन । 

दियाकी आमा पूजा कुँवरले दियाको जीतको लागि सम्पूर्ण नेपालीहरुको साथको अपेक्षा गरेकी बताएकी छिन ।

भिडियो हेर्नुहोस्, कतारमा के फेरिंदै छ कानूनमा ? 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source} 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय