काठमाडौं, कात्तिक २४
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २२ पैसा र विक्रि दर २९ रुपैंयाँ ३९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५३ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ३२ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ४७ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५१ रुपैंया ४९ पैसा छ भनें विक्रि दर ३५३ रुपैंयाँ ४७ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ १८ छ भनें विक्रि दर २८३ रुपैंयाँ ७७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/9X–CnN9Mhw” frameborder=”0″ allowfullscreen></iframe>{/source}