दुवईबाट १२ मिनेटमा अवुधावि, २३ मिनेटमा कतार, २७ मिनेटमा ओमान पुग्न सकिने

दुवई, कात्तिक २४ 

युएईले तिव्र गतिमा गन्तव्यस्थान पुग्ने अर्को एउटा काम गर्न लागेको छ । सन् २०२० देखि सर्वसाधारणका लागि प्रयोगमा ल्याउने अपेक्षा सहित सार्वजनिक गरिएको योजना अनुसार सो मार्ग भएर दुवईबाट १२ मिनेटमा अवुुधावी पुग्न सकिने छ भनें २३ मिनेटमा कतारको दोहा । यसैगरी दुवईबाट रियादको यात्राअवधि ४० मिनेटको हुनेछ । यसले यातायात क्षेत्रमा अर्को क्रान्ति ल्याउने अपेक्षा गरिएको छ । हाइपर लुप भनिने सो साधन हेर्दा रेल जस्तै छ भनें यो सुरुँगभित्र गुड्ने भिडियो सार्वजनिक गरिएको छ । 

युएई र कतारका सञ्चार माध्यमहरुले युएईको हाइपरलुप सम्वन्धि यो महत्वाकाँक्षी योजनाका बारेमा समाचार लेखेका छन् । खर्वौ डलर लाग्ने बताइएको सो योजना उच्च प्रविधि सहितको हुनेछ । “युएईमा आगामी ५ बर्षभित्रमा हामीले उच्च प्रविधि सहितको नयाँ यातायात संरचना निर्माण गर्ने छौं” सो परियोजनासँग सम्वन्धित एक अधिकारलाई उधृत गर्दै सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । सो महत्वाकाँक्षी हाइपरलुपको गति १ हजार २ सय किलोमिटर प्रतिघण्टा हुनेछ ।

फरक प्रसँगको भिडियो हेर्नुहोस्  

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय