दुवई, कात्तिक २२
नेपाली चलचित्र “छक्का पन्जा” नोभेम्बर १० तारिक देखि युएईका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । युएईका ८ वटा सिनेमाघरमा सो चलचित्र प्रदर्शन हुने भएको हो। सो चलचित्रले विदेशिन वाध्य आमनेपालीको व्यथा बोकेको छ ।
दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पन्जा” मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
चलचित्र “छक्का पन्जा”को सो नोभेम्बर १०, ११ र १२ तारिखका लागि सम्पूर्ण तयारी सकिएको वितरक कम्पनि कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए। युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजनले नेपाली चलचित्रलाई वैधानिक रुपमा अक्टोबर १४ तारिक देखि नियमित प्रदर्शन सुरु गरेको हो।
यसअघि चलचित्र “बीर बिक्रम” प्रदर्शनमा उल्लेख्य दर्शक आएपछि नेपाली चलचित्रकोे नियमित प्रदर्शन सुरु भएको हो । कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका सालिक सुबेदीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फैलाउन यसले मद्धत गरिरहेको बताए। सोही कम्पनीले अब छिट्टै नै कतार, बहराईन, ओमन र थाइल्याण्डमा पनि नेपाली चलचित्र प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>{/source}