
काठमाडौं, कात्तिक २२
पाँच वर्ष अघि साउदी अरवमा घरेलु कामदार रुपमा काम गर्न पुगेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । उनकोे जिफन्ट सपोर्ट ग्रुप, साउदी अरवले उद्धार गरेको हो । दिल्ली, बहराइन हुँदै साउदी अरव पुगेकी दाङ तुलसीपुर १० कि ३२ बर्षकी अनु खड्काको उद्दार गरि साउदीस्थीत नेपाली दुताबासको सेल्टरमा पठाइएको जिफन्ट साउदी प्रतिनिधि राज तामाङले जानकारी दिए ।
तीन बच्चाकी आमा अनु खड्का पोखराकी खगी सुनारको पासपोर्टमा साउदी पुगेकी थिइन् । उनलाई पठाउने सवैै व्यवस्था खड्काकै नातेदार पर्ने माया नाम गरेकी महिलाले गरेको उनले जानकारी दिएकी छिन् । नेपाल फर्किन नपाएकी उनका बारेमा जानकारी पाएपश्चात नेपाली दुतावासका प्रतिनिधि हरि घिमिरे लगायतले उनको उद्धार गरेका थिए ।
खड्काको उद्धारमा महत्वपूर्ण सहयोग गरेको भन्दैै तमु धी साउदी अरवकी केन्द्रीय सदस्य तुलसी माया गुरुङ लगायतलाई तामाङले धन्यवाद दिएका छन् ।
यो पनि पढ्नुहोस्
जसले आवाज गुमाए परदेशमा (भिडियो पनि)