२२ महिना देखी अचेत शिवरामलाई नेपाल पठाइयो

हरि कृष्ण न्यौपाने, कुवेत, कात्तिक २२ 

रोजगारीको सिलसिलामा कुवेत आएका रोल्पा जङ्कोट–५ का शिवराम खत्रीलाई बेहोस भएको २२ महिनापछि अचेत अवस्थामै आइतवार नेपाल फर्काइएको छ । शुरुमा सामान्य हातखुट्टा सुन्निएको र अस्पतालमा भर्ना भएपछि हृदयाघात भई बेहोस भएका खत्रीलाई राप्ती एकता समाज कुवेतको पहलमा एकजना डाक्टरको साथमा ओमन एयर मार्फत कुवेतको स्थानिय समय बेलुकी ९ः१५ बजे नेपाल पठाइएको हो। 

राप्ती एकता समाज कुवेतका मस्तबहादुर विकका अनुसार काम गर्नका लागि कुवेत आइपुगेका शिवराम खत्री सामान्य हातखुट्टा सुन्निएपछि ५ जनवरी २०१५ मा अस्पताल भर्ना भएका थिए । उनलाई हस्पिटलमै हृदयघात भएको थियो । “अहिलेको शारीरिक अवस्था स्थिर छ र सुकेको शरीर अनि श्वासमात्र बाँकी छ”, मस्तबहादुर विकले भने । आर्थिक अवस्था अत्यन्त नाजुक रहेका खत्रीका नेपालमा ३ छोरा, १ छोरी र श्रीमती छन् ।

अचेत अवस्थामा रहेका खत्रीलाई कुवेतबाट एकजना सिनियर नर्स र एकजना सहयोगीका साथमा नेपाल पठाइदै छ । विरामीलाई सोमबार बिहान ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइने छ । उनलाई लिन पाटन अस्पतालका सिनियर डाक्टर विमानस्थल पुग्ने र विरामीका बुवा र काका काठमाडौं आइपुगिसकेका छन् । 

राप्ती एकता समाज कुवेतको विशेष पहलमा शिवरामलाई नेपाल पठाइएको र नेपाली दूतावास कुवेत परिवार बिषेश गरी द्वितीय सचिव भोगेन्द्र लिङ्देनले कानुनी प्रकृया लगाएतमा सहयोग गरेका थिए। 

राप्ती एकता समाज कुवेतले नेपाल सरकार लगायत सबै सरोकारवालाहरुमा नेपालमा उनलाई सहयोग गर्न अनुरोध गरेको छ । 

यो पनि पढ्नुहोस् 

जसले आवाज गुमाए परदेशमा (भिडियो पनि)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: