
मोहन बस्याल, युएई, कात्तिक २२
पूर्वी नेपालको मोरंगका मन कुमार विश्वकर्मा परिवारको आर्थिक अवस्था सुधार्न आफ्नो उमेर बढाएर बैदेशिक रोजगारीका लागि युएई आएका थिए । घरमा गतिलो आयस्रोत नभएको र बेला बेला पिता अम्मर बहादुर बिरामी भैरहने भएपछि उनलाई आफैले केही नगरि नहुने बाध्यता आइपर्यो । बुढेसकालमा आमा बाबुलाई सुखले पाल्ने र भविष्यमा आफ्ना सन्तानलाई सुख दिने सपना संगालेका मनकुमारले उल्टो परिस्थिती भोग्नु परेको छ । अहिले उनी परिवारका सदस्यको सहयोग बिना उठबस गर्न, हिडडुल गर्न पनि नसक्ने अवस्थामा छन् । उनको आवाज पनि प्रष्ट आउदैन । तर बोलेको सुनेर संकेत गरेर जवाफ दिने कोशिस गर्छन ।
फ्युजन ईन्टेरियर डिजाईन एलएलसी नामक कम्पनीमा १० बर्ष देखि काम गर्दै आएका मनकुमार दुबई मल क्षेत्रमा काम गर्ने क्रममा २८ अगष्ट २०१४ मा दुर्घटनामा परेका थिए । काम गर्दा गर्दै करिव तीन मिटर माथिबाट उत्तानो परेर खसेका मनकुमारको टाउकोमा गम्भिर चोट लागेको थियो । मनकुमारको उपचारमा शुरु देखि नै सघाउँदै आएका पथरी शनिश्चरे समाजका रमेश अधिकारीका अनुसार उनको टाउकोमा भित्री चोट लागेपनि बाहिर चोट नलागेकाले सामान्य होला भनेर ढिलाई गर्दा उपचार जटिल बनेको थियो ।
करिब एक बर्ष कोमामा रहेका मनकुमारलाई अस्पतालले डिष्चार्ज गरेपछि कोठामा राखेर उपचार गरिदै आएको थियो । आमाबाबुको सुखका लागि युएई आएका मनकुमारकै सेवाका लागि आमा बद्रीमाया र दिदी जानकी झण्डै दुई बर्ष देखि दुबईमा थिए ।
बद्रीमायाको आशा
बैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहेका धेरे युवा युवतिले आफ्नो प्रवास बसाईको बिभिन्न सुखद अवसरमा आफ्ना आमाबाबुलाई बिदेश ल्याउने, विभिन्न क्षेत्र घुमाउने चलन पछिल्ला दिनमा प्रसस्त देखिन्छ । बद्रीमाया आफ्नो छोराको कर्मभुमिमा त आईन तर उनको ब्यथा अर्कै थियो । झण्डै दुई बर्ष अघि छोरालाई भेट्न आउँदा सम्हाल्न नसकिएकी बद्रीमाया छोराको अवस्थामा सुधार हुँदै गएपछि सम्हालिदै गएकी छन् । मनकुमारको अवस्थामा अझ सुधार आउने आत्मविश्वास पनि उनमा बढेको छ ।
आफु आउदा आफ्नै छोरा पनि चिन्न नसकिने अवस्था रहेको उनले स्मरण गरिन । ‘नाकमा पनि पाईप, घाँटीमा पनि पाईप, शरिर पुरै क्षत विक्षत थियो’ उनी सम्झन्छीन् । तर पनि आशा थियो उनको । उनी भन्छिनः उपचार गर्दै गएपछि निको हुन्छ भन्ने आशा थियो, धेरै राम्रो पनि भयो । तीन-तीन महिनाको भिजिट भिषा थप्दै छोराको स्वास्थ्यमा सुधार आउने दिन कुरेर बसेकी बद्रिमाया आवाज बिहिन छोरालाई लिएर आईतबार राति नेपाल फर्केकी छन् ।
पथरी शनिश्चरे समाजको सहयोग
दुुई महिनासम्म उपचार गर्दा निको नभएपछि उनी कार्यरत कम्पनीले उनको थप उपचार गर्न नसक्ने बतायो । तर बिभिन्न किसिमले दबाव सृजना गरिएपछि अस्पतालले झण्डै एक बर्षसम्म बिरामी कुर्नका लागि आफ्ना कर्मचारीलाई पालैसँग पठाउने गरेको भाई बाबुले जानकारी दिए । यस बीचमा पथरी शनिश्चरे समाज, नेपाली समाज लगायतका संस्थाका अगुवाले सहयोग गरेको बाबुले बताए । नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पथरी शनिश्चरे समाजका अध्यक्ष कृष्ण पौडेल लगायतले आर्थिक सहयोग गर्नुका साथै कानुनी प्रकृयामा पनि सघाएको उनले बताए । मनकुमारका आमाबाबु तथा दिदिलाई नेपालबाट ल्याउने, कोठा खोजेर राख्ने देखि तीन तीन महिनामा भिसा नविकरण गर्ने काममा पनि सहयोग भएको उनले बताए ।
भाई पनि रोजगारी खोज्दै
मनकुमारको परिवारमा अहिले मुख्य आर्थिक स्रोत उनका भाई बाबुको आम्दानी हो । तर दुई महिना देखि उनीपनि युएईमा रोजगार बिहिन छन् । बैदेशिक रोजगारीको शिलशिलामा युएई आएका मनकुमारका भाई बाबु विश्वकर्माले जागिर गर्दै आएको कम्पनीमा भिसा सकिएको छ । त्यो कम्पनीमा भिसा थप नहुने भएपछि उनी पनि नयाँ रोजगारीकै खोजीमा छन् ।
अस्पतालको व्यवहार सहयोगी
उपचारका लागि अस्पतालमा तिर्नु पर्ने लाखौ रुपैया बाँकी रहेपनि अस्पतालको व्यवहार सहयोगी रहेको पाईएको परिवारका सदस्यले बताए । अस्पतालमा कुरुवा बस्दा भाषा लगायतका समस्या पर्दा अस्पतालले त्यहाँ काम गर्ने नेपाली कर्मचारी तथा सुरक्षाकर्मी मार्फत सहयोग पुर्याएको आमा बद्रीकुमारीले बताईन । मनकुमारको अल नाहादामा रहेको एनएमसी अस्पतालमा उपचार भएको थियो ।
दुतावासबाट अपेक्षाकृत सहयोग पाईएन
झण्डै दुई बर्ष उपचारका क्रममा नेपाली दुतावासबाट अपेक्षाकृत सहयोग नभएको परिवारका सदस्यले बताए । दुर्घटनापछि दाजुको उपचार तथा क्षतिपुर्तिका लागि पहल गर्न दुतावास धाएपनि त्यहाँबाट त्यसमा खासै सहयोग नभएको मनकुमारका भाई बाबुले बताए । ‘केही कागजात बनाउने कुरामा सहयोग भयो त्यस बाहेक केही भएन’ उनले भने । उपचारका लागि ठुलो रकम लाग्ने भएको आर्थिक सहयोग गर्न नसकिने र काननी लडाईका लागि वकिलको ब्यवस्थाका लागि पनि दुतावासमा कुनै ब्यस्था नभएको दुतावासले बताएको उनले बताए ।
क्षतिपुर्तिको आशा
उपचारका लागि ठूलो रकम खर्च भैसकेको परिवारका सदस्यले जानकारी दिए । शरुवाती दुई महिना बिमा कम्पनी तथा उनी कार्यरत कम्पनीबाट सहयोग भएपनि त्यसपछि सहयोग भएन । अहिले क्षतिपुर्ति दाबी गरि अदालतमा मुद्धा दायर गरिएकाले क्षतिपुर्ति पाउने परिवारको आशा छ । अस्पतालमा पनि क्षतिपुर्ति पाएपछि भुक्तानी गर्ने आश्वासन दिएर उपचार गराएको उपचारमा सघाउदै आएका रमेश अधिकारीले जानकारी दिए ।
तपाई उनलाई सहयोग गर्न चाहनुहुन्छ भनें
बाबु विश्वकर्मा(भाई) ०५६२३७७८००
रमेश अधिकारी (सहयोगी) ०५५४८९७५२०
कृष्ण पौडेल(सहयोग) ०५५७७६२७१५
भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/OjCssQA7D-0″ frameborder=”0″ allowfullscreen></iframe>{/source}