कारको ठक्करबाट एक नेपालीको मृत्‍यु

हरि कृष्ण न्यौपाने, कात्तिक २१
कुवेतको ब्यस्त शहर साल्मियाको गल्फ रोडमा ड्यूटी सकेर साइकलबाट कोठामा फर्कने क्रममा कारले ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । गत शुक्रवार राती करिव ११ः३० बजे कारको ठक्करबाट मकवानपुर, फापरबारीका २९ बर्षिय अमृत कुमार बोम्जनको घटनास्थलमै मृत्‍यु भएको हो ।

मृतक बोम्जनसंगै बस्ने भक्तपुरका रमेश लुइटेलले अबेलासम्म बोम्जन कोठामा नआएपछी उनको मोबाइलमा सम्पर्क गर्दा कुवेत प्रहरीले घटनाको बारेमा जानकारी गराएको हो । त्यसपछि मृतकका साथीहरु साल्मिया प्रहरी थानामा गएर जानकारी लिएका थिए। प्रहरीले बोम्जनलाई ठक्कर दिने कारलाई नियन्त्रणमा लिएको छ भने मृतकको शबलाई फर्मानिया अस्पातल पठाइएको छ।

एमएमसी क्याटरिङ्ग कम्पनीको मेम क्याफेमा कार्यरत कुमारको सडक दुर्घटनाका बारेमा नेपाली दुताबास, कम्पनी र घर परिवारलाई समेत खबर गरि सकिएको छ।

आबश्यक कानुनी प्रकृया पश्चात छिट्टै उनको शवलाई नेपाल पठाइने र कुवेत प्रहरीले दिएको दुर्घटना विवरणको आधारमा सडक दुर्घट्ना बिमाको लागि पहल गरिने नेपाली दुताबास कुवेतका प्रथम सचिब अम्बिका जोशीले जानकारी दिए ।

सन २०१२ मा एमएमसी क्याटरिङ्ग कम्पनीमा बरिस्ता (जुस बनाउने काम) मा आएका मृतक अमृत कुमार बोम्जनको घरमा श्रीमती, भर्खरै (१२ दिन अघी जन्मिएको) १ छोरा तथा आमाबुवा उनकै कमाइमा आश्रित छन।

फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: