दुतावाससँग समन्वय गरेर प्रहरीले गर्दैछ विदेशबाट उद्धार  

काठमाडौं: वैदेशिक रोजगारीमा गएकाहरूले महानगरीय प्रहरी अपराध महाशाखाको हटलाइन फोनमा इन्स्पेक्टर राजेश पुरीले दुःख र आर्तनादले भरिएका कैयनको गुनासो सुनेका छन् । धेरैजसो गुनासोमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले श्रम गन्तव्य मुलुकबाट उद्धारको अपेक्षा गरेका हुन्छन् ।

महाशाखाका अनुसार यस्तो गुनासो सबभन्दा धेरै साउदी अरब, मलेसिया र दुबईबाट आउने गरेको देखिन्छ । वैदेशिक रोजगारीका लागि खुला रहेका विभिन्न ३५ देशबाट उजुरी र गुनासो महाशाखामा आउने गरेका छन् । महाशाखामा उद्धार, सहयोग र कानुनी उपचारका निम्ति आउने धेरैजसो उजुरी हटलाइन फोन ४२४११७७ मार्फत आउने गर्छ । जस्तो कि २०७२ असोजयता परेका कुल ५ सय ३७ उजुरीमध्ये ३ सय १९ टेलिफोन मार्फत टिपाइएका थिए ।

महाशाखामा ०७२ असोज १ देखि ०७३ कात्तिक १० सम्मको अवधिमा मात्रै दुई सय उद्धार, सहयोग र कानुनी उपचारको निम्ति फोनबाट मात्र ३ सय १९ वटा उजुरी परेका छन् । इमेल मार्फत भने २१ र लिखित रूपमा दुई सय उजुरी परेका छन् । ०७३ असोजयताको ४० दिनमा विभिन्न माध्यमबाट साउदी अरबसँग सम्बन्धित ५१ उजुरी परेका थिए भने यस्तो उजुरी मलेसियाको हकमा ९ र दुबईसँग सम्बन्धित ११ उजुरी थिए । शाखाका अनुसार औसतमा दैनिक तीन समस्या साउदीबाट आउने गर्छ ।

पुरीका अनुसार खाडी देशबाट आउने अधिकांश उजुरीहरू ठगी र उद्धारका घटनासँग सम्बन्धित हुन्छन् । यसरी आउने उजुरी र गुनासोका आधारमा प्रहरीले विभिन्न समन्वय र सरकारी संयन्त्र प्रयोग गरेर कामदारहरूको उद्धार र कानुनी उपचारको बाटो पहिल्याउने गर्छ ।

महाशाखाका डीएसपी होविन्द्र बोगटीका अनुसार २०७२ को असोजयता मात्र विभिन्न देशबाट २ सय ५२ नेपाली कामदारको उद्धार गरिएको छ भने १ सय २८ को गुनासो सुनवाइ गरिएको छ । बोगटीका अनुसार फोनबाट टिपाइएको उजुरीका आधारमा महाशाखाले विभिन्न देशमा रहेको नेपाली दूतावास र अन्य कूटनीतिक र कानुनी संयन्त्र प्रयोग गरेर कामदारको समस्या सुनवाइ गर्ने गर्छ । बोगटीले भने, ‘दलालको चंगुलबाट उद्धार गरिएका कामदार फेरि अर्को दलालको चंगुलमा पर्ने गरेको देखिन्छ ।’ इन्स्पेक्टर पुरीका अनुसार हटलाइन चौबीसै घन्टा खुला रहन्छ ।

कान्तिपुरबाट 

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय