मलेसियाबाट आर्थिक सहयोग 

सुदीप निउरे, क्वालालम्पुर, कात्तिक २० 

तीनसाता अघि मलेसियामा सुतेकै अबस्थामा ज्यान गुमाएका पाल्पाका केश  बहादुर सोमईको परिवारलाई आर्थीक सहयोग गरिएको छ । संकलित सहयोग रकम १ लाख ३४ हजार ६ सय ७० रुपैयाँ मृतक सोमईकी श्रीमती खिमीसरा सोमईको नाममा नेपाल पठाईएको मृतकका आफन्त प्रताप सोमईले जानकारी दिए ।

मलेसियाको बालाकोङस्थित  एक कम्पनीमा कार्यरत सोमईका सहकर्मीहरुले आर्थीक संकलन गरेका हुन् । यस्तै मृतक सोमईको बैंक खातामा भेटिएको रकम र संगै काम गर्ने साथीलाई चलाउन दिएको रकम गरि झण्डै ८० हजार रुपैया अबको एक साताभित्रमा बाबू रेवानसिंग सोमईको नाममा नेपाल पठाउने तयारी भैरहेको छ । 

२७ महिना अगाडि मलेसिया आएका सोमई गत कार्तिक १ गते बिहान सुतेकै अवस्थामा मृत भेटीएका थिए । दिनभरी साथीसँग घुमेका सोमई वेलुका खाना खाई सकेपछि करीव साढे ११ वजे सुतेका थिए । विहान डिउटी जाने वेला नउठेपछि साथीहरुले उठाउने प्रयास गर्दा उनको मृत्यु भइसकेको पाइएको थियो ।  

पाल्पा अर्गली गाविस वडा नम्बर ५ का सोमईको परिवारमा बाबु,आमा ,श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो पनि पढ्नुहोस

मलेसिया नेपालसँग श्रम सम्झौता गर्न ईच्छुक, नेपाल आउने भन्दै पत्र पठायो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय