मलेसिया नेपालसँग श्रम सम्झौता गर्न ईच्छुक, नेपाल आउने भन्दै पत्र पठायो

काठमाडौं, कात्तिक १९ 

मलेसियाले नेपालसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाउन चाहेको छ । त्यसको लागि छलफल गर्न नोभेम्बर महिनामा काठमाडौंमा आउने प्रस्ताव पठाएको हो । मलेसियाले एकतर्फी रुपमा कामदारलाई आर्थिक भार पर्ने गरी एक पछि अर्को निर्णय गर्दै गएकोप्रति ध्यानकर्षण जनाएको श्रम मन्त्रालयले मलेसियासँग उच्च स्तरमा वार्ता गर्न चाहिरहेका बेला मलेसियाले श्रम सम्झौताको छलफल गर्ने प्रस्ताब पठाएको हो । हाल मलेसियाको एकतर्फी निर्णय लिदा भिसा र टिकट बाहेक मात्रै एक जना कामदारले १४ हजार ६ सय रुपैया खर्च हुने गरेको छ । 

‘नोभेम्बर महिनामै छलफल गर्न मलेसियाका अधिकारीहरु काठमाडौं आउने प्रस्ताब पठाएको छ’, श्रम मन्त्रालयका एक अधिकारीले भने,‘मलेसियालाई हामीले मिति किटान गरी पठाइसकेको छैन ।’

चार बर्ष अघि कामदारको आपुर्ति प्रक्रियाको बिषयमा दुई देशबीच एकरुपता नभएपछि श्रम सम्झौताको प्रक्रिया रोकिएको थियो । ‘कम्पनीले म्यानपावरसँग सिधै सम्पर्क गरी कामदार लैजान पाउने अडान राखेको थियो । नेपाल सरकारको श्रम स्वीकृति लिन नपर्ने पक्षमा थिए’, त्यतिखेर वार्तामा सहभागी एक अधिकारीले भने,‘हामीले नियमन निकायलाई छलेर कामदार आपुर्ति गर्न नमिल्ने भनेर अडान राखिरह्यौ । मुख्य रुपमा यही बिषयले प्रक्रिया अगाडि बढ्न सकेन ।’ 

नेपाली पक्षले कामदारले पाउने न्युनतम पारिश्रमिक पनि किटानी हुुनुपर्ने बिषय उठाएको थियो । मलेसियाले खुल्ला श्रम बजारमा यसलाई स्वीकार गरेको थिएन । तर मलेसियाको बिपक्षी पार्टीले आप्रबासी कामदारको न्युनतम तलब हुनुपर्ने भन्दै आन्दोलन गरेपछि सरकारले न्युनतम तलब तोकेको थियो । हाल न्युनतम तलब ९ सय रिङरेट कायम छ । यसबाट कम्पनीले आवास बापत ५० रिङरेट र लेबी वापत एकसय ४ रिङरेटी गरी एकसय ५४ रिङरेट काट्ने गरेको छ । 

कमजोर सुरक्षा अबस्था भएपनि काम गर्ने बाताबरण भएको मलेसियमा हाल झन्डै ५ लाख नेपालीले काम गरिरहेको नेपाली दुताबासको अनुमान छ । 

श्रम मन्त्रालयले आन्तरीक छलफलपछि मिति तोक्ने तयारी गरेको छ । ‘मलेसियासँग श्रम सम्झौता गर्न आबश्यक भइसकेको छ । नेपालले राखेका धेरै महत्वपुर्ण बिषयलाई मलेसियाले प्रष्ट पानुपर्ने जरुरी छ । यो बैठ्कमा हामीले तयारीका साथ सहभागी हुनपर्ने भएकोले आन्तरीक छलफल गर्न जरुरी छ,’ ती अधिकारीले भने । 

कान्तिपुरबाट 

यो पनि पढ्नुहोस् 

कतारमा कहाँ हराए उनी ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय