अव विदेश जानेले निःशुल्क रुपमा फोन गरेर जानकारी लिन सक्ने 

काठमाडौं- वैदेशिक रोजगारमा जाने नेपालीले अव निःशुल्क फोन नम्वरमा फोन गरेर गन्तव्य मुलुकका बारेमा जानकारी पाउन सक्ने भएका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यस्तो अडियो नोटिस बोर्ड सुरु गरेको हो । बोर्डको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले सेवाको शुभारम्भ गरेका हुन् । 

जानकारी लिन चाहनेले ४१०५०५८ मा फोन गर्नुपर्नेछ । यसरी फोन गर्नेले कतार, मलेसिया, साउदी अरब र यूएईका विषयमा साढे तीन मिनेट लामो सूचना पाउनेछन् । सो सुचनामा ति देशहरुको भूगोल, भाषा, परम्परा र संस्कृतिका बारेमा जानकारी पाउन सकिन्छ । यसैगरी श्रम गर्न जाँदा आवश्यक पर्ने आधारभूत जानकारी तथा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा जानकारी पाउन सकिन्छ । 

यस्तो जानकारी लिन चाहनेले टेलिफोन नम्बरमा डायल गरेपछि सम्बन्धित देशको कोड नम्बर थिच्नुपर्छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार यस्तो सूचनाले वैदेशिक रोजगारीमा जाने कामदारलाई सचेत बनाउन सहयोग पुर्‍याउँछ । ‘विदेश जाँदा अपाउनुपर्ने तयारी र आवश्यक सूचनाले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सघाउनेछ,’ उनले भने । कार्यकारी निर्देशक काफ्लेका अनुसार अन्य श्रम गन्तव्य मुलुकका बारे पनि अडियो नोटिस प्रदान गर्ने तयारी भइरहेको छ ।

यो पनि पढ्नुहोस् 

कतारमा कहाँ हराए उनी ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय