काठमाडौं, कात्तिक १८
कतारमा कम्पनीको लापरबाहीबाट मानसिक असन्तुलन भएका बसाह ३, उदयपुरका ४६ बर्षिय खम्बसिंह खत्रीलाई उद्धार गरी बिहिवार स्वदेश फर्काइएको छ । २२ महिना अघि कतार पुगेका उनलाई कम्पनीले तलब नदिनुको साथै भिसा समेत नलगाएर राखेपछि मानसिक असन्तुलन भएको थियो । उनी १० महिनादेखि कामबिहिन भएर बसेका थिए ।
उनी कतारको सहेलियामा बस्थे । सहेलियामै कार्यरत चिन्तामणी गौतमका अनुसार उनी बस्ने कोठामा समेत क्याम्प सञ्चालकले ताल्चा लगाइदिएका थिए । ‘उनी झ्यालबाट आवतजावत गर्थे । कसैले दिए खान्थे । नत्र भोकै हुन्थे’, गौतमले भने ।
उनको अवस्था थाहा भएपछि उदयपुर प्रवासी सेवा समाजका सल्लाहकार होम बस्नेतले स्वदेश पठाउनको लागि नेपाली दुतावाससँग समन्वय गरेका थिए । ‘स्वदेश जाने टिकट उपलब्ध गरायौं, पीडितलाई दुतावासमा लगेर आवश्यक काम गर्यौं’, समाजका महासचिव राजु राईले भने,‘सजिलैसँग उद्धार गर्न सक्यौ ।’ पीडितलाई छोराका साथमा स्वदेश ल्याएको छ । उनलाई काठमाडौंमा उपचार गरेपछि मात्रै घर लैजाने भएको छ ।
कान्तिपुरबाट
यो पनि पढ्नुहोस्
एजेण्टले ठगेको भन्दै मेनपावर व्यवसायीले गर्ने भए अनलाइनको व्यवस्था