काठमाडौं– नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको प्रवासी कमिटी जिफन्ट सपोर्ट ग्रुप, साउदी अरबको आयोजनामा तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कतिफस्थित सलमान कम्पनीमा कार्यरत जिफन्ट सदस्य र नेपाली श्रमिकहरु माझ शुभकामना आदान प्रदान कार्यक्रम गरियो । जिफन्ट सपोर्ट ग्रुप, साउदी अरव कतिफ संयोजक राम नारायण राजवंशीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट साउदी अरवका बरिष्ठ केन्द्रीय उपाध्क्षय बुद्धिमान विश्वकर्मा प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा जिफन्ट सपोर्ट ग्रुप, साउदी अरवका केन्द्रीय सदस्य, जिफन्ट शिक्षा विभाग सदस्य लगायतको सहभागिता थियो ।
यसैगरी जिफन्ट सहयोग समूह क्षेत्रिय कमिटी जुबेल सनैयामा पनि शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिफन्ट प्रतिनिधि राज तामाङ्गले सम्बोधन गरे । सो कार्यक्रममा जिफन्ट सपोर्ट ग्रुप, साउदी अरवका केन्द्रीय पदाधिकारीहरु तथा जिफन्ट सदस्यहरुको सहभागिता थियो । क्षेत्रिय कमिटीका अध्यक्ष तिर्थराज नेपालीले देउसी समेत खेलेर संकलन गरिएको रकम पिडितहरुको सहयोगका लागि कमिटीको कोषमा जम्मा गर्ने बताए ।
यसैबीच जिफन्ट सपोर्ट ग्रुप, साउदी अरब अन्तर्गतको जुबेल क्षेत्रिय कमिटीले पनि तिहारको शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरेको छ । सपोर्ट ग्रुप, साउदीका केन्द्रीय अध्यक्ष शमसेर तामाङ्गको प्रमुख अतित्थमा सो कार्यक्रम सम्पन्न भएको थियो । जुबेलका क्षेत्रिय कमिटीका अध्यक्ष ज्ञान बहादुर खातीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिफन्ट सपोर्ट ग्रुपका केन्द्रीय तथा क्षेत्रीय कमिटीका पदाधिकारीहरु सहभागि रहेको जिफन्ट सहयोग समुह साउदी अरवका महासचिव खेमबहादुर खुलालले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस्
कतारको निःशुल्क भिसा सुरु, अनलाईनबाट आवेदन दिन सकिने