कतारको निःशुल्क भिसा सुरु, अनलाईनबाट आवेदन दिन सकिने

 

दोहा, कात्तिक १७ 

कतारले यसअघि घोषणा गरेको चारदिने(९६ घण्टे) निःशुल्क भिसाका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था सुरु भएको घोषणा गरेको छ । कतार एयरवेजसँग मिलेर कतार पर्यटन प्राधिकरण(क्यूटीए)ले पर्यटन प्रवद्र्धनका लागि यस्तो व्यवस्था गरेको हो । 

कतारको हमाद अनतराष्टिय विमानस्थल भएर यात्रा गर्ने यात्रु मध्ये ट्राञ्जिट ५ घण्टा वा सो भन्दा लामो समय भएका यात्रुलाई लक्षित गर्दै यो व्यवस्था अगाडी सारिएको हो । यसले कतारको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । यस्तो भिसा प्राप्त गर्न कुनै देशमा व्यक्तिलाई बन्देज नहुने जनाइएको छ । 

यस्तो भिसा लिन चाहनेले कम्तिमा सात दिन अगाडी आवेदन दिनु पर्ने कतार एयरवेजद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस्तो भिसा दिइने गत सेप्टेम्वर महिनामा पहिलोपटक जानकारी दिइएको थियो । यो भिसा निःशुल्क हुनेछ । एकपटक दिइएको भिसा ९० दिनभित्रमा प्रयोग गरिसक्नु पर्ने कतार एयरवेजले जनाएको छ । 

फरक प्रसंगको भिडियो, सिताराम कट्टेल(धुर्मुस) र मनोज गजुरेल केपी ओली र प्रचण्ड बनेर दोहोरी र नृत्यमा  

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/E6vqi7x4IY8″ frameborder=”0″ allowfullscreen></iframe>

 {/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय