
युएई, कात्तिक १६
भारतीय टेलिभिजन च्यानल सोनीद्वारा दुबईमा आयोजित जिसिसी सुपर डान्सर प्रतियोगिताको सर्बोत्कृष्ट १० जनामा नेपाली बालिका दिया कुँवर छानिएकी छिन । गत ओक्टोबर २१, २२, २८ र २९ का दिन बिभिन्न चरणमा भएको छनौट प्रतियोगितामा उनी ९ सय भारतीय प्रतियोगीलाई पछी पार्दै टपटेनमा पर्न सफल भएकी हुन ।
प्रतियोगिताको ग्र्याण्ड फाईनल आगामी १८ नोभेम्बरका दिन दुबईमा हुने आयोजकले जानकारी गराएका छन । उक्त प्रतियोगितामा भाग लिने उनी एक मात्र नेपाली प्रतियोगी हुन । ग्र्याण्ड फिनालेको लागि सोनीले आगामी ७ नोभेम्बर देखी अनलाइन भोटिङ खुला गर्ने दियाकी बुवा दीपकले जानकारी दिएका छन ।
भक्तपुर दुवाकोट निबासी ११ बर्षीय दिया बुवा दीपक कुँवर र आमा पूजा कुँवरको साथमा बिगत ४ बर्षदेखी युएईमा रहँदै आएकी छिन । उनी कक्षा ६ मा दुबईको एक बिद्यालयमा अध्ययनरत छिन । औपचारिक रुपमा कुनै तालिम नलिएकी दियाले युटुब र टेलिभिजन हेरेर नै अभ्यास गर्ने गरेकी छिन । उनलाई आमा पूजाले समेत कोरियोग्राफीमा सहयोग गर्ने गरेकी छिन । यसअघी दिया दुबईमा सम्पन्न हुने गरेका अधिकाँश नेपाली साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गर्ने गर्दथिन ।
दियाकी आमा पूजा कुँवरले दियाको जीतको लागि सम्पूर्ण नेपालीहरुको साथको अपेक्षा गरेकी बताएकी छिन ।
फरक प्रसंगको भिडियो हेर्नुहोस्
(एक नेपाली युवती अहिले संसारभर छाएकी छिन् । तरकारीवाली भन्ने ह्यासट्यागमा उनको तस्वीर ट्वीटर मार्फत भाइरल भएको छ । हेर्नुहोस् सो तस्वीर र केहि अनलाइनमा छापिएका तस्वीर सहितको भिडियो)
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/zkUqYvCxQFk” frameborder=”0″ allowfullscreen></iframe>{/source}