कतारमा खेलियो देउसीभैलो 

कुमार अविरल पन्थी, कतार

तिहारको अवशरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि भव्यताका साथ सम्पन्न गरेको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका गल्फ सहसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व सम्पन्न भयो । 

कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका दर्जनौं पदाधिकारी, प्रतिनिधिका साथ कतार बासि गुल्मेली एवम गैर गुल्मेलीहरु सहभागि थिए । सस्थाका उपाध्यक्ष एवम कार्यक्रम संयोजक झविन्द्र आचार्यले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गरे । त्यसैगरी गुल्मेली कलाकारहरु बिष्णु खत्री, सुसान्त के.सी. सुरज बिसी लगायतले स्वागत गित प्रस्तुत गरेका थिए । 

कार्यक्रमको मुख्य आकर्षण रहेको देउसी भैलो कार्यक्रममा कार्यक्रम सहसंयोजक मित्र विएस, गुल्मेली कलाकारहरु सुसान्त, केसी, बिष्णु खत्री, धन पुन, बिरवल गुरुङ, विजय बस्नेत, लक्ष्मी गिरी, बिरु के.सी. सुरज बिसी लगायतका कलाकारहरुले प्रस्तुत गरेका थिए । साथै उक्त देउसी भैलो कार्यक्रमलाइ गैर गुल्मेली कलाकारहरुले साथ दिदै नाचगान गरि रमाइलो गरेका थिए । सोही अवसरमा गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने मारुनी तथा सोरठी नाच समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ शाखा कतारका कलाकारहरुले मगर समुदायमा नाचिने मारुनी नाच प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे । सुदुर पश्चिम सेवा समाजका कलाकार गंगा दत्त गिरी, लोकेस बिसी, रिमा लामा लगायतका कलाकारहरुले नेपालको सुदुरपश्चिमि सस्कृति देउडा गित प्रस्तुत गरेका थिए । यसैगरी गायक बिरु केसी, लोकनाथ बिसी, सुसान्त केसी,ले गित प्रस्तुत गरे । रिमा लामा, धन पुन, विजय बस्नेत, लक्ष्मी गिरी लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उमेश अधिकारीका साथै अतिथिहरु शुदर्शन भट्ट, मो(. अजिज अलि, अमिना खान, लिला अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

(तिहारको अवशरमा राजधानी काठमाडौंमा सिस्नोपानी नेपालद्धारा आयोजित देउसी भैलोमा सिताराम कट्टेल(धुर्मुस) र मनोेज गजुरेल प्रचण्ड र केपी शर्माओली बनेर नाँचिरहँदा सक्कली पुष्पकमल दाहाल, प्रचण्ड र केपी शर्मा ओली दर्शक दिर्घामा बसेर हाँसिरहे । हेर्नुहोस् भिडियो)

 {source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tHkE0qWEC2Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय