दोहा, कात्तिक १४
कतार सरकारले आममाफी कार्यक्रम अन्तर्गत स्वदेश नफर्किए अवैधानिक रुपमा कतारमा कार्यरत विदेशी कामदारलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । आगामी डिसेम्वर महिना देखि नै त्यस्तो खोजी अभियान सञ्चालन गर्ने गरी तयारी थालिएको कतारको आन्तरिक मन्त्रालय(गृह) लाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।
कतारको सरकारी सञ्चारमाध्यम पेनन्सुलाले आन्तरिक मन्त्रालयका उच्च अधिकारीलाई उधृत गर्दै आममाफीको सुविधा सदुपयोग गर्दै घर नफर्किनेहरुले कडा सजायका लागि तयार रहनुु पर्ने जनाएको छ । तीन महिनाका लागि दिइएको आममाफीको समय नथपिने पनि प्रष्ट पारिएको छ । सर्च एण्ड फलो डिपार्टमेण्टका व्रिगेडीयर अव्दुल्लाह जाविर लेव्दले समय पर्र्याप्त भएको जनाएका छन् । कतारले आगामी डिसेम्वर १ भित्र अवैधानिक कामदारलाई सहज कागजी प्रकृया पश्चात घर फर्किन पाउने व्यवस्था गरेको छ जसलाई आममाफी भनिएको छ ।
हालसम्म केहि हजार व्यक्तिले आममाफी कार्यक्रममा भाग लिएको र सो सुविधा लिनेहरुमा नेपालीसँगै बंगलादेशी तथा श्रीलंकाका नागरिक धेरै रहेको उल्लेख छ ।
कतारको कानून अनुसार अवैधानिक रुपमा बसेर काम गरिरहेका व्यक्ति पक्राउ परेमा तीन बर्ष जेल सजाय तथा ५० हजार रियालसम्म जरिवाना हुन सक्छ । यसैगरी अवैधानिक रुपमा बसिरहेका व्यक्तिलाई रोजगारी दिने रोजगारदातालाई पनि कैद सहित १ लाख रियालसम्म जरिवाना हुन सक्छ ।
(रोचक भिडियो । काठमाडौंमा आयोजित सिस्नु पानी नेपालको देउसी भैलोमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीको भेषमा सिताराम कट्टेल(धुर्मुस) र मनोज गजुरेलको नृत्य । यो नेतृत्यका दर्शकचाहिं सक्कली केपी ओली र प्रचण्ड । हेनुहोस् भिडियो )
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tHkE0qWEC2Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}
यो पनि पढ्नुहोस्
नवजात शिशुलाई फोहोरमा फाल्न खोज्ने नेपाली महिला पक्राउ
