
दोहा, कात्तिक १४
कतारमा श्रमिकका रुपमा काम गर्न आइपुगेका विभिन्न देशका नागरिकलाई उनीहरुको कामलाई सम्मान गर्ने उद्धेश्यले मोडलका रुपमा उनीहरुको तस्वीर छाप्ने कामलाई एक कार्टुनिष्टले सुरु गरेका छन् । कतारमा कार्यरत राजनीतिक कार्टुनिष्ट खालिद अल्वाईले एक नेपाली सहित अन्य केहि देशका नागरिकलाई मोडलका रुपमा प्रस्तुत गरेका केहि तस्वीर हालै सार्वजनिक गरियो ।
“जसले कतारलाई बनाए उनीहरुको योगदानको कदर गर्ने उद्धेश्यले यो अभियान सुरु गरिएको हो” उनले दोहा न्यूजसँगको कुराकानीमा भनेका छन् “विहान उठेर काम गर्नजाने र बेलुका बस्ने ठाउँमा फर्किने उनीहरुलाई कसैले पनि हामीजस्तै मान्छे हुन् भनेर ठान्दैनन् । उनीहरु पनि तपाई र म जस्तै हुन् भन्ने देखाउन जरुरी छ, त्यसैले म उनीहरुको कथा भन्न चाहन्छु ।”
उनले खिचेको तस्वीरमा एक नेपाली परेका छन् । २४ बर्षिय नेपाली बसन्त राईको तस्वीर अल्वाईले इन्स्टाग्राममा पोष्ट गरेका छन् । उनको यो अभियानलाई दोहा न्यूजले तस्वीरहरु सहित समाचार छापेको छ ।
यो पनि पढ्नुहोस्
सामाजिक कामका लागि यसरी खेलियो युएईमा देउसीभैलो(भिडियो सहित)