
काठमाडौं, कात्तिक १२
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३० पैसा र विक्रि दर २९ रुपैंयाँ ४६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६१ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ५० पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ६४ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५१ रुपैंया ७० पैसा छ भनें विक्रि दर ३५३ रुपैंयाँ ६८ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ९५ छ भनें विक्रि दर २८४ रुपैंयाँ ५५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
मेनपावर कम्पनीलाई कारवाही गर्न श्रम मन्त्रालयको निर्देशन