हरि कृष्ण न्यौपाने, कुवेत, कात्तिक १२
कुवेतको ब्यस्त सडकमा आफुले चलाएको ट्रेलरको टायर पड्केर ट्रेलर पल्टिदा भएको दुर्घट्नामा स्याङ्जा, पुतलीबजार १३, बगालथोकका ३९ बर्षिय तुलबहादुर बिश्वकर्माले बायाँ हात गुमाएका छन। गत अक्टोबर १७ तारिक बिहान ९ः३० बजे कुवेतको जहारा जाने क्रममा दुर्घटनामा परेका तुल बहादुरलाई अहिले कुवेतको जाहरा अस्पतालमा राखिएको छ।
राजु थापाले तुलबहादुरलाई कुवेतको जाहारा अस्पातलमा भेटेर आएपछी भने ‘ट्रेलर गुडाइरहेका तुल बहादुरको ट्रेलरको टायर पड्किए पछी ट्रेलर पल्टिएर तुलबहादुरको बाँया हात पूर्ण रुपले टुक्रिएको थियो। बायाँ हातको हड्डी समेत घोटिएकाले अस्पतालले उनको बाँया खुट्टाको मासु काटेर बायाँ हातमा मासु भरेको छ। टाउको र दायाँ खुट्टामा समेत केही चोट लागेका तुलबहादुरको स्थिती सामान्य अवस्थामा पुग्न अझै केही समय लाग्ने अस्पातलले जानकारी दिएको छ ।’
कुवेतको केजिएल कम्पनीमा करिब ५ बर्ष अगाडी चालकका रुपमा काम गर्न आएका तुलबहादुर २ महिना अगाडि मात्र उक्त एसिको नयाँ कम्पनीमा गएका थिए। केजिएल कम्पनीले रिलिज (सम्झौता पत्रको समय सकिए पछी अर्को कम्पनीमा जान सक्ने सुबिधा) नदिए पछी तुलबहादुरले रिलिजका लागि अदालतमा केजिएल कम्पनी बिरुद्द मुद्दा हालेका थिए।
मुद्दा छिनोफानो नभईसकेको र नयाँ कम्पनीले पनि भिसा नलगाएको हुनाले तुलबहादुरले दुर्घट्ना बिमा तथा कम्पनीबाट पाउने सेबा सुबिधा पाउन पनि समस्या देखिएकोले उनले सहयोगको लागि जहारा अस्पातलबाट कुवेतको नेपाली समाजलाई आव्हान गरेका छन्।
श्रीमती, बच्चाहरु तथा बुवाआमा घरमा रहेका तुलबहादुरको आर्थिक अवस्था कमजोर रहेको र केही पैसा कामाएर परिवारको रेखदेख गर्न कुवेत आएका तुलबहादुरले काम गरी खाने हात गुमाएको खबरले परिवारहरुमा ठुलो पिर परेको छ।
बाँया हात गुमाएका तुलबहादुरको सहयोगका लागि निम्न नम्वरमा सम्पर्क गर्न सकिनेछ ।
तुल बहादुर विश्वाकर्मा ००९६५ ५५७५१३९० (जाहारा अस्पताल)
राजु थापा ००९६५ ६६९५२३३४ (मंगफ)
यो पनि पढ्नुहोस्
म सकेसम्म मजदुरको पक्षमा लड्नेछुः साँसद अधिकारी