विहिवार कति छ रिंगिट, रियाल, दिनार र दिरहमको मूल्य ?

काठमाडौं, कात्तिक ११ 
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २७ पैसा र विक्रि दर २९ रुपैंयाँ ४४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १८ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५८ पैसा रहेको छ ।

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ६१ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ७५ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया १७ पैसा छ भनें विक्रि दर ३५५ रुपैंयाँ १६ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ६९ छ भनें विक्रि दर २८४ रुपैंयाँ २८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्
ओमानमा नेपाली महिला घरेलु काममा खरिदविक्रि हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय