कोरियामा काम खोज्न सजिलो

काठमाडौं, कात्तिक ११-

दक्षिण कोरियामा इपिएस कामदारहरुको लागि केहि नियमहरु परिवर्तन भएको छ । परिवर्तित नियमले इपिएस कामदारहरुलाई थप सहज हुने बताइएको छ । 

परिवर्तन नियमले कामदारहरु कम्पनीको कारणबाट अवैधानिक बन्ने पक्रियालाई पुर्णत निस्तेज पार्ने छ । कुनै पनि कामगर्दै गरेको कम्पनीले कुनैपनि कारण देखाएर जब सेन्टरमा जागिरबाट निकालिएको पत्र पठाएमा सम्बन्धित कामदारको मोबाइलमा 한국고용정보원 बाट म्यासेज आउनेछ ।

विवरण यसप्रकारको हुनेछ-
” [ JOB CENTER ] 
 근무 사업장에서의 고용변동신고 처리완료자세한 내용은 고용센터에 문의바랍니다.”

एदी तपाईहरुको मोबाइलमा एस्तो म्यासेज आएमा ३० दिन भित्र job center मा उपस्थित हुनुपर्नेछ ।  यस अघि साहुले कामदारलाई जागिरबाट निकालिएको पत्र पठाएमा  कामदारले जव सेन्टरमा बुझ्नु पर्ने थियो । विभिन्न कम्पनीलहरुले स्वदेश गएर फर्किदा, काम मन नपरे कम्पनी मालिकले आफुखुशी विभिन्न बाहानामा इपिएस कामदारहरुलाई कम्पनीले अवैधानिक बनाउने गर्दथे । यो नियम गत अक्टुवर ४ देखि लागु भएको एचआरडीमा कार्यरत श्याम खड्काले जानकारी दिए । 

त्यस्तै खड्काले काम छाडेर नयाँ कम्पनी खोजीमा रहेका कामदारहरुका लागि पनि नयाँ नियम परिवर्तन हुन लागेको बताए । नयाँ नियम अनुसार काम छाडेर बसेका कामदारहरुले अव एकै प्रान्तका धेरै जव सेन्टरहरुबाट कामको म्यासेज पाउनेछन । यस अघि एउटा जव सेन्टरबाट मात्र कामको म्यासेज पाइने गर्दथ्यो । 

उदाहरणको लागि : ख्यंगी प्रान्तमा काम गर्न मन लाग्योभने 경기도 मा रहेको jobcenter 안산, 시흥, 평택, 화성, 수원, 용인, 성남, 이천, 경기광주, 안양,광명, 부천, 김포, 의정부, 동두천, 구리, 남양주, 고양 रोज्न सक्नु हुनेछ भने सबै एरिया बाट नया कम्पनीको म्यासेज दिने हुदा धेरै म्यासेज प्राप्त गर्नुको साथै चाडो भन्दा चाडो नया कम्पनीमा agreement गर्न सहज हुने भएको छ  । यो नियम भने अक्टुवर २८ तारिक देखि लागु हुने बताइएको छ ।

 

हेल्लोकोरियानेपाल डटकमबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय