दुवई, कात्तिक १०- तपाई युएईमा कार्यरत हुनुहुन्छ ? बाटोेमा देखेका घटनाका तस्वीर वा भिडियो खिचेर फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्नुभएको छ ? छ भनें आफ्नो बानीमा नियन्त्रण जरुरी छ । विशेषगरी दुर्घटना वा कुनै यस्तै प्रकृतिका घटनाका तस्वीर वा भिडियो सामग्री पोष्ट नहुन् भन्ने उद्धेश्यले युएई, कतार लगायतका देशहरुले यसमा कडाई गरेका हुन् ।
यसअघि कतारले पनि दुर्घटनाका तस्वीर, भिडियो सामाजिक सञ्जालमा पोष्ट नगर्न सचेत गराइसकेको छ । त्यसैले सडकमा हिंड्दा हिंड्दै कुनै दुर्घटना भएको देखेमा त्यसको तस्वीर वा भिडियो खिचेर तत्काल फेसबुकमा हाल्नु हुन्न । यसले सरकारी निकायले चाहेमा समस्यामा पार्नसक्ने देखिएको छ ।
गल्फ न्यूजका अनुसार हालै दुवईमा अपाँगता भएका व्यक्तिका लागि छुट्याइएको स्थानमा एक व्यक्तिले गाडी पार्क गरेको भिडियो भाइरल भएपछि एक अधिवक्ताले त्यस्ता तस्वीरले पोष्ट गर्ने व्यक्तिलार्ई जेल पुर्याउन सक्ने बताएका छन् । अधिवक्ता बर्ने अलमजारले आफूले सो सामग्री किन पोष्ट गरियो भन्ने पर्याप्त आधार विना पोष्ट नगर्न सुझाव दिएका छन् ।
अलमजारले जोखिमपूर्ण त्यस्ता विषय बोकेको सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्नुअघि दुईपटक सोच्नु पर्ने बताएका छन् । कुनै पनि प्रकृतिको अनलाइन वा सामाजिक सञ्जालमा त्यस्ता सामग्री पोेष्ट गर्नु अगाडी आफ्नो सुरक्षाका बारेमा सचेत रहन उनले भनेका छन् । कुनै उजुरी परेर घटना प्रमाणित भएको खण्डमा ६ महिनासम्म कैद सजाय तथा १ लाख ५० हजार देखि ५ लाख दिरहमसम्म जरिवाना हुने उनले चेतावनी दिए । कुनै अचम्मको घटना भएको देखेमा भिडियो वा तस्वीर लिने र सामाजिक सञ्जालमा पोष्ट गर्ने सामान्य जस्तै भएपनि यसले यस्तो गर्ने व्यक्ति स्वयंलाई अप्ठ्यारोमा पार्न सक्ने उनले बताए ।
यो पनि पढ्नुहोस्
फ्रिभिसा, फ्रिटिकटको निर्णय उल्ट्याउन प्रयास गर्नेहरुका नाममा