
रञ्जना लम्साल, नवलपरासी, कात्तिक १०
रोजगारीका लागि मलेसिया गएका एक नेपाली मृत अवस्थामा भेटिएका छन् । नवलपरासी, नयाँ बेलहानी ८ का प्रेमबहादुर गुरुङको शव कार्यस्थल भन्दा केहि पर भेटिएको छ । उनी कार्यरत कम्पनीले नै केहि टाढा बनाउँदै गरेको एक भवन नजिकै उनको शव भेटिएको हो । उनको मृत्यु कसरी भएको हो भन्ने कुनै कारण खुलेको छैन ।
उनको मृत्युका बारेमा मलेसियाबाट परिवारलाई खवर आएपश्चात उनीहरुले सत्यतथ्य बुझिदिन आग्रह गर्दै कावासोतीस्थीत सुचना केन्द्रमा निवेदन दिएका छन् । चार बर्षअघि मलेसिामा काम गर्न गएका उनको गत हप्ता मृत्यु भएको हो । गत अक्टोवर १९ तारिखमा उनको शव भेटिएको परिवारले जानकारी पाएको छ । विवाहित गुरुङकी श्रीमतिले यस अघि नै अर्कै विवाह गरिसकेकी छन् ।
यो पनि पढ्नुहोस्
विदेशबाट रकम पठाउनेका परिवारलाई सीप सिकाउन साँसदको आग्रह