दुवईमा भारतीयद्धारा नेपाली महिला बलात्कृत !

दुवई- एक भारतीय कामदारबाट नेपाली महिला बलात्कृत भएको विषयमा अदालतमा सुनुवाई सुरु भएको छ । ४७ बर्षिय ति भारतीय नागरिकले २५ बर्षिया नेपाली महिलालाई बलात्कार गरेको अभियोग लागेको छ । ति नेपाली महिला सरसफाइको काम गर्ने बताइएको छ । 

गल्फ टाइम्सका अनुसार गत जुलाईमा सो घटना भएको थियो । घटना पश्चात भागेका ति व्यक्तिलाई प्रहरीले दुईवटा गाडीको बीचमा लुकीरहेको स्थानबाट पक्राउ गरेको समाचारमा उल्लेख छ । यो घटनाका बारेमा मंगलवार दुवई अदालतमा पहिलो सुनुवाई भएको छ । तर आरोपितले आफूले बलात्कार नगरेको तर्क गरेकोे समाचारमा जनाइएको छ । नेपाली महिलाले भनें रक्सी खाएर आएका ति व्यक्तिले बलात्कार गरेको बताएकी छिन् । सफाई श्रमिकका रुपमा काम गर्ने ति महिला विहानको दुई बजे बलात्कारको शिकार भएको समाचारमा उल्लेख छ ।  

यो पनि पढ्नुहोस् 

युएईमा भिड्दैछन् यी नेपाली चलचित्र 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय