अर्जुन बस्नेत, कुवेत, कात्तिक ९-
२० हजार कुवेती दिनार (करिब ७० लाख) चोरेर भागेको अभियोगमा बिगत ९ महिनादेखी कुवेतमा जेल परेकी एक नेपाली महिलाको मुद्धा पुनरावेदन अदालतमा दायर गरिएको छ । मुद्धा जिफन्ट सपोर्ट ग्रुप कुवेत र कुवेत ट्रेड युनियनको संयुक्त प्रयासमा दर्ता गरिएको हो ।
बिगत ६ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारका रुपमा काम गर्न आएकी सिन्धुपाल्चोक निवासी ति नेपाली महिला लामो समय घर बिदा जान नपाएको तनावमा घरवाट भागेको बताउछिन। घर जाने आशामा मालिकको घरवाट भागेकी उनलाई उनको मालिकले २० हजार कुवेती दिनार चोरेर भागेको अभियोग लगाएका हुन् ।
अदालतले उनले चोरी गरेको फैसला गरेपछि उनी जेल परेकी हुन् । हाल उनी कुवेतको केन्द्रिय जेल सुलेबियामा बन्दि जीवन विताइरहेकी छिन। नेपाली दुतावास लगाएत धेरै ठाउमा हारगुहार गरेपनि कहीबाट उनको पक्षमा वकालत गरिदिन कोही तयार नभएको उनले जिफन्ट सपोर्ट ग्रुप कुवेतमा गुनासो सहित उद्दारको पहल गरिदिन अग्रह गरेकी थिइन।
घरवाट आफ्नो राहदानी मात्र लिएर निस्केको बताउने उनले आफुले एक पैसा पनि नचोरेको बताएकी छिन। ५-६ बर्ष देखी छुट्टी नपाउनु तथा बिविध मानसिक तनावका कारणले भागेको तथा आफुले मालिकको घरबाट कुनै नगद वा जिन्सी सामान नचोरेको प्रष्ट पार्दै आफूलाई मालिकले झुटो मुद्दामा फसाएको उनको भनाइ छ।
उनको निवेदनको आधारमा अन्यायमा परेकी उनलाइ के र कसरी उद्दार गर्न सकिएला भन्ने बिषयमा जिफन्ट सपोर्ट ग्रुप, कुवेतले महासचिव गणेश रावतको अगुवाइमा कुवेत ट्रेड युनियनसंग परामर्श लिएर कार्य गर्ने योजना बनाएको थियो।
कुवेत ट्रेड युनियनसंगको सहकार्य र छलफल पछि घरायसी कामदारको बारेमा कुवेत ट्रेड युनियनले प्रत्यक्ष हस्तक्षेप गर्न नमिल्ने जनाए पनि सहयोग गर्ने आश्वासनका साथ सहुलियत शुल्कमा वकिल बन्दोबस्त गरी यस मुद्दाको फ़ाइल खुलाउन मुख्य सहयोग गरेको छ। घरवाट राहदानी लिएर भागेको हुनाले मुद्दा जटिल भएको मुद्दाको वारिसनामा लिएका वकिलले जनाएका छन।
(मुद्दा चलिरहेको हुनाले उनकै आग्रहमा पीडितको नाम र नेपाल ठेगाना गोप्य राखिएको छ । तस्वीर ईन्टरनेटबाट)
यो पनि पढ्नुहोस्
युएईमा भूमिगत शैलीका भए राजनीतिक दलका संगठनहरु