
काठमाडौं, कात्तिक ८
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३१ पैसा र विक्रि दर २९ रुपैंयाँ ४८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २२ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६१ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ५० पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ६४ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया २७ पैसा छ भनें विक्रि दर ३५६ रुपैंयाँ २६ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ १ छ भनें विक्रि दर २८४ रुपैंयाँ ६० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
अस्पतालको पैसा तिर्न नसक्दा एक नेपालीको शव अलपत्र