
काठमाडौं, कात्तिक ८
साउदी अरेबियामा एक नेपालीको शव एक महिना भन्दा बढी समयदेखि अलपत्र अवस्थामा छ । रियादस्थित अल सुमैसी अस्पतालमा झण्डै ४० दिन यता ति नेपालकिे शव अलपत्र परेको हो । यसबारेमा फेसबुकमा निक्कै चर्चा भएपनि दुतावासले हालसम्म उनको शव नेपाल पठाउने चासो नलिएको त्यहाँ स्थीत नेपालीले गुनासो गरेका छन् ।
भठिहन ७, धनुषाका शत्रुधन साह तेलीको हृदयाघातबाट मृत्यु भएको थियो । उनी पुरानो कम्पनी छोडेर अबैध किसिमले अर्कै कम्पनीमा कार्यरत थिए । त्यसैले उनको शव नेपाल पठाउन कम्पनीले चासो देखाएको छैन ।
अस्पताल प्रशासनले भने उनको शव राखेको हरेक दिनको बील थप्दै लगेको छ । हालसम्म सो रकम १४ हजार रियाल पुगिसकेको जानकारी पाएको विनोद पासवानले जानकारी दिएका छन् ।
साहकी श्रीमति बेखदेवी साहका अनुसार साउदीबाट उनको मृत्यु भएको जानकारी दिने व्यक्तिले शव नेपाल पठाउन अढाई लाख रकम पठाइदिन जानकारी गराएका थिए । साहको पारिवारिक आर्थिक अवस्था दयनीय रहेको छ । दुई बर्ष अघि साउदी गएका शत्रुघनका २ छोरी र एक छोरा छन् । आफूहरुको आर्थिक अवस्था कमजोर रहेको भन्दै श्रीमानको शव निःशुल्क रुपमा नेपाल ल्याउने व्यवस्था गरिदिन बेखदेवीले आग्रह गरेकी छन् । उनको शव नेपाल पठाउन साउदीमा रहेका नेपालीले रकम संकलन अभियान सुरु गरेका छन् ।
यो पनि पढ्नुहोस्
कतारको नयाँ कानूनका महत्वपूर्ण १३ विषय, पासपोर्ट राखेमा जरिवाना देखि कम्पनी फेर्न पाइने सुविधा