श्रम सम्झौताको प्रस्ताव 

काठमाडौं, कात्तिक ७ 

नेपालले कुवेतलाई श्रम सम्झौता गरी कामदार आपुर्ति गर्न प्रस्ताब राखेको छ । कुबेतका लागि नेपालका राजदुत यज्ञबहादुर हमालले कुबेतको बिदेशी कामदार ल्याउने निकाय मानंब संशाधन प्राधिकरणका महानिर्देशक अब्दुल्लाह एस, अल—मोटौटहलाई भेटेर उक्त प्रस्ताव राखेका हुन् ।

 ‘औपचारिक क्षेत्रमा नेपाली आउनेक्रम बढेका छन् । कुवेतले नेपालीलाई प्राथमिकतामा राखेको छ’, राजदुत हमालले भने, ‘दुई देशबीच औपचारिक रुपमा श्रम सम्झौता गरेर कामदार ल्याउन आग्रह गरेको हो ।’ कुबेती पक्षले नेपालले राखेको प्रस्तावलाई सकारात्मक रुपमा लिएको हमालले बताए । प्राधिकरणका महानिर्देशक मोटौटहले श्रम सम्झौताका लागि आफुहरुले पनि पहल थाल्ने बताएका थिए । 

घरेलु कामदारको बर्चस्व रहेको कुवेतमा पछिल्लो समयमा औपचारिक क्षेत्रमा कामदार जाने क्रम बढ्दो छ । आवासीय बिभागका महानिर्देशक तलाल जे मराफीका अनुसार अक्टोबरसम्म ६० हजार ७ सय १२ जना नेपाली कामदार कार्यरत छन् जसमा २२ हजार ८ ११ जना घरेलु कामदार छन् । 

नेपाली कामदारको सुरक्षालाई प्रत्याभुति हुने गरी तलब, कार्यअवधि, बिमा, उपचारको प्रत्याभुति लगायत बिषयलाई समेटेर नेपालले श्रम सम्झौता गर्न चाहेको हो । कुबेतस्थित नेपाली दुताबासले श्रम सम्झौताको प्रारम्भिक मस्यौदा गरेर छलफल गर्न परराष्ट्र मन्त्रालय पठाइसकेको छ ।

राजदुत हमालले मोटौटह समक्ष दक्ष कामदारको लिन पनि आग्रह गरेका थिए । ‘हामीसँग बिबिध क्षेत्रका दक्ष कामदार उपलब्ध छन्’, उनले भने,‘कुबेतले चाहेको खण्डमा दक्ष कामदार उपलब्ध गराउन सक्छौं ।’

मोटौटहले कुबेतले नेपालबाट दक्ष कामदार लिन तयार भएको बताएका थिए । 

कान्तिपुरबाट 

यो पनि पढ्नुहोस् 

युएईमा यी क्षेत्रमा बढ्दैछ बढी तलव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय