युएईमा यी क्षेत्रमा बढ्दैछ बढी तलव

काठमाडौं, कात्तिक ७
युएईमा काम गर्ने कामदारहरुलाई नयाँ बर्षमा कति तलव बढ्ला ? भन्ने जिज्ञासा धेरै छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले केहि क्षेत्रको रोजगारीमा रहेकाहरुको तलव अन्य क्षेत्रको भन्दा बढी बृद्धि हुने देखाएको छ । गल्फन्यूजले हालै सार्वजनिक सन् २०१७ मा युएईमा हुने तलव बृद्धिको आधार अध्ययनलाई उधृत गर्दै दक्ष कामदारको तलव बृद्धि राम्रो हुने समाचार लेखेको छ । समाचार अनुसार साढे दुई प्रतिशतको हाराहारीमा हुने तलव बृद्धिमा विशेष दक्षता भएका क्षेत्रका कामदारहरुका लागि फरक हुने जनाएको छ । 

अध्ययन अनुसार यी क्षेत्रमा कार्यरतहरुको तलव बृद्धि अपेक्षाकृत रुपमा बढी हुनेछ:

१. लेखा तथा वित्त क्षेत्रः अध्ययनले यस क्षेत्रको तलव बृद्धि सरदर साढे ६ प्रतिशत हुने अनुमान गरेको छ । घटिमा पनि यो क्षेत्रमा काम गर्नेहरुको तलव बृद्धि ५ प्रतिशत भन्दा माथि हुने अध्ययनको निश्कर्ष छ ।

२. प्रविधिः यस क्षेत्रमा काम गर्नेहरुको तलव बृद्धि पनि राम्रो हुने अनुमान अध्ययनमा गरिएको छ ।

३. मानव संशाधनः यस क्षेत्रमा काम गर्नेहरुको तलव बृद्धि सरदर ३ दशमलव ८ प्रतिशत हुने अनुमान छ । माथिल्लो तहका कर्मचारीको तलव यो भन्दा बढी बृद्धि हुने समाचारमा जनाइएको छ ।

४. न्यायिक क्षेत्रः न्याय क्षेत्रमा काम गर्नेहरुको तलव बृद्धि सामान्य अन्य भन्दा बढी हुने उल्लेख छ । यसमा न्यूनतम ३ प्रतिशतबाट तलव बृद्धि हुने प्रक्षेपण गरिएको छ ।

युएईमा लेखा तथा प्रविधि क्षेत्रमा सिमित मात्रामा नेपालीले काम गरिरहेका छन् । यसैगरी मानव संशाधनमा पनि नगन्य मात्रामा काम गर्छन् । उनीहरुले अन्यको तुलनामा केहि बढि बृद्धि हुने तलव सुविधा पाउनेछन् । तर बहुसंख्यक नेपाली काम गर्ने पद र काममा तलव बृद्धि न्यून हुनेछ । त्यसैले यस बर्ष पनि युएईमा कार्यरत नेपालीले तलव बृद्धिको अपेक्षा कम नै गरे हुनेछ ।

यो पनि पढ्नुहोस्  
आइतवार कति छ रिंगिट, रियाल, दिनार र दिरहमको मूल्य ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय