
काठमाडौं, कात्तिक ७
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३१ पैसा र विक्रि दर २९ रुपैंयाँ ४१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६१ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ४८ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ६३ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया १७ पैसा छ भनें विक्रि दर ३५४ रुपैंयाँ १५ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ १ छ भनें विक्रि दर २८४ रुपैंयाँ ६० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
फ्रिभिसा, फ्रिटिकटको निर्णय उल्ट्याउन प्रयास गर्नेहरुका नाममा