एनआरएनएको अगुवाईमा ६२ वटा संस्थाद्धारा एउटै थलोमा कार्यक्रम 

 

 

दिलीप पराजुली, दोहा 

दिपावली, छठ र नेपाल संवतको अवसर पारेर गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा संयुक्त रुपमा कतारमा स्थापित बिभिन्न जिल्लाको प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु तथा राजनीतिक दलका प्रवास शाखाहरुको सहभागितामा भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रम आयोजनामा ६२ वटा संघसंस्थाको संयुक्त प्रतिनिधित्व थियो । यति धेरै संघ सस्थाहरु एउटै ब्यानरमा कार्यक्रम गरेको सम्भवत यो पहिलो पटक हो । 

राष्ट्रिय गान, ब्यानर अनावरण, दीप प्रज्वलन संगै शुरु गरिएको कार्यक्रममा नेपाली राजदुतावास, कतारका कार्यवाहक राजदुत मणीरत्न शर्मा प्रमुख अतिथि थिए । गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेश तामांगको सभापतित्वमा संचालित उक्त कार्यक्रममा आइसिसि सदस्यहरु, गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सललाहकार, पुर्व पदाधिकारी तथा संघ सस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो  । 

कार्यक्रममा गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष नबिन पोख्रेलले सहभागीहरुलाई स्वागत मन्तब्य राख्दै कतारको परिप्रेक्ष्यमा यति धेरै सस्थाहरु एउटै थलोमा कार्यक्रम गर्नु भनेको राम्रो एकताको सन्देशको थालनी भएको बताए । कार्यक्रमको शुरुवातमा रेशम बस्नेत र साथीहरुले हातमा हात समाउदै देउसी र भैलोमा रमाउदै भन्ने मिठो भाका प्रस्तुत गरेका थिए । उनका गीतका बाक्य बाक्यमा समाज परिवर्तन र सामाजिक एकताको भाव झल्किन्थो । कार्यक्रममा  प्रमोद श्रेष्ठले नेपाल सम्बतका बारेमा प्रस्ट पारेका थिए । 

उक्त कार्यक्रममा कतार सरकारका केहि महत्वपूर्ण व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । फईजल अल हुदवि(पि.आर. म्यानेजर, मिनिस्ट्रिअफ ईन्टेरियर कतार), खालिद अल जुमेली (कम्युनिटि ईन्गेजमेन म्यानेजर सुप्रिम कमिटी अफ डेलिभरी लिगेसी),  अव्दुल्ला अल नामा (म्यानेजर अलअरवि स्पोर्टस क्लब), हुदा अब्दलरहिम (एसोसिएट स्पेसलिस्ट, वेल करनेल मेडिकल कलेज)  तथा डा. समीर मुपन (सि.ई.ओ., एस्टर डिएम हेल्थकियर) को पनि उपस्थिति रहेको थियो । 

बीच बीचमा कलाकारहरुको टोलीले रमाइलो प्रस्तुति दिइरहेका थिए । कलाकार लोचन बि.सी. र रिमा लामाले सबैलाई नचाएका थिए भने दशैँ आयो भन्ने भाकामा संचोमाया तामांग र सबिना तामांगले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपालको एतिहासिक तथा धार्मिक सहिष्णुता झल्किने बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कतारका लागि कार्यवाहक नेपाली राजदुत मणीरत्न शर्माले यस खालको कार्यक्रमले सामाजिक एकता, मेलमिलाप र जिम्मेवारी बढेको अनुभव बताए । यस्तो कार्यक्रमका लागि नेपाली राजदूतावास कतारले सधैं समन्वय गर्ने बताए । यो ऐतिहासिक कार्यक्रम नेपाल र नेपालीहरुको कोशेढुङ्गो भएको बताउदै कतार सरकारले दिएको आम माफीको बिषयमा सम्पूर्ण संस्थाले सहयोग गरि दुतावासले गर्ने कामहरुमा सहयोग पुर्याई नेपाल फर्काउन समेत अनुरोध गरे । 

औपचारिक कार्यक्रमको अन्त्यमा बोल्दै सभापति बिनेश तामांगले आगामी दिनहरुमा यस कार्यक्रमबाट पाएका कमीकमजोरीहरुलाई आत्मसात गर्दै संघ सस्थाहरु संग हातेमालो गरेर अघि बताए । नेपालीका लागि एस्टर हस्पिटलमा उपचार गर्दा २० प्रतिशत छुट दिने विषयमा एस्टर हस्पिटलका तर्फबाट डा. समीर मुपन र गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेश तामांगले हस्ताक्षर समेत गरेका छन् । एनआरएनए र एस्टर मेडिकल बीचमा भएको यो हस्ताक्षर दोहाका नेपालीहरुको एउटा खुशीको खबर भएको तमाँगले बताए । 

कलाकारहरु सञ्चोमाया तामांग र सबिना तामांगले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने गायिका कमला गुरुङले झिलि मिली साझको बेलामा भन्ने बोलको भाका गएर सबै दर्शक नचाएकी थिइन् । त्यस्तै नृत्यांगना भगवती बस्यालले सम्पूर्ण सहभागीलाई नचाउन सफल भएकी थिइन् भने कार्यक्रमको अन्तिम प्रस्तुति स्वरुप गायिका सुस्मा पुन मगरले लाहुरे दाइले झुक्यायो मलाई भन्ने भाका गाएर हल भरिका सम्पुर्णलाई नचाउन सफल भएकी थिइन् ।  

यो पनि पढ्नुहोस् 

फ्रिभिसा, फ्रिटिकटको निर्णय उल्ट्याउन प्रयास गर्नेहरुका नाममा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय