बढ्ने भयो नेपाली कामदारको कोटा 

काठमाडौं, कात्तिक ६ 

दक्षिण कोरियाले नेपाली कामदारको कोटा थप गर्ने भएको छ । नेपाल–दक्षिण कोरिया दुईपक्षीय कूटनीति संयन्त्रको शुक्रबार भएको तेस्रो बैठकमा आपसी सहकार्यका साथै कोरिया जाने नेपाली कामदारको संख्यामा बढाउन सहमति भएको हो । 

परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा प्रमुख स्तरको उक्त स्थायी संयन्त्रको नियमित बैठकमा सहभागी हुन दक्षिण कोरियाका उत्तरपूर्वी तथा दक्षिण एसिया महाशाखा प्रमुख रिऊ जिओङ हुयन नेतृत्वको टोली नेपाल आएको थियो । कोरियामा हरेक वर्ष नेपाली कामदारको कोटा बढाउँदै लैजाने र नेपाललाई दिँदै आएको कोरियन सहयोगमा समेत वृद्धि गर्नेमा उनीहरू सहमत भएको परराष्ट्र अधिकारीले जानकारी दिएका छन् । कोरियामा अहिलेसम्म ४१ हजार ५ सय नेपाली कामदार गएका र तीमध्ये ३० हजार एक सयभन्दा बढीले अहिले पनि काम गरिरहेका उनीहरूले बताएका छन् । सहकार्यलाई मजबुद बनाउने विषयमा समेत छलफल भएको नेपाली पक्षको नेतृत्व गरिरहेका उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले बताए ।

कान्तिपुरबाट 

यो पनि पढ्नुहोस्  

कामदारहरूको ६०(७० हजार क्षतिपूर्ति पाउने अधिकार खोस्न्ने को हुन ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय