
काठमाडौं, कात्तिक ५- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २७ पैसा र विक्रि दर २९ रुपैंयाँ ४३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १८ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ४६ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ६१ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५१ रुपैंया ९० पैसा छ भनें विक्रि दर ३५३ रुपैंयाँ ८८ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ६० छ भनें विक्रि दर २८४ रुपैंयाँ २० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
स्पोन्सर विना नै युएईमा पढ्दै काम गर्न पाईने सुविधा