स्पोन्सर विना नै युएईमा पढ्दै काम गर्न पाईने सुविधा  

दुवई, कात्तिक ४ 

युएईमा अव विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुले आँशिक समय काम गर्दै पढ्न पाउने भएका छन् । यो युएईको ईतिहासमा महत्वपूर्ण निर्णय भएको स्थानीय सञ्चार माध्यमहले लेखेका छन् । अव त्यस्ता विद्यार्थीहरुले तोकिएका ९ वटा क्षेत्रका हजारौं कम्पनीमा सहजै काम गर्न पाउने छन् । 

दुवई क्रिएटिभ क्लष्टर अथोरिटी(डीसीसीए) ले मंगलवार यसका बारेमा जानकारी गराएको हो । दुवई ईन्टरनेशनल सिटी, दुवई मिडिया सिटी, दुवई स्टुडियो सिटी लगायतका ठाउँका ४ हजार ५ यि कम्पनीहरुमा विद्यार्थीहरुले आँशिक समय काम गर्न पाउनेछन् । 

डिसीसीएका महानिर्देशकले विद्यार्थीलाई पढ्दै काम सिक्दै गर्न दिंदा उनीहरुलाई भविष्यका लागि सहयोग पुग्ने बताए । त्यसरी अध्ययन गर्दै रोजगारी गर्नेहरुका लागि स्पोन्सर आवश्यक नपर्ने समाचारमा जनाइएको छ । यस्तो खालको भिसा सम्वन्धित विश्वविद्यालयको सिफारिसमा उपलव्ध हुने जनाइएको छ । यस्तोे अवस्थामा रोेजगारदाता र कामदार दुवैको अधिकार रक्षाका बारेमा विशेष सजग रहनुपर्ने र सोही अनुरुपको कानूनी प्रवन्ध मिलाइने डिसीएका अधिकारीले बताएका छन् । 

यस प्रकृतिको सुविधा खाडी क्षेत्रमा नै पहिलो पटक सुरु गरिएको डीसीएको दावी छ । यसले क्षमतावान युवालाई आकर्षित गर्ने उसको अपेक्षा छ । 

यो पनि पढ्नुहोस् 

कतारमा कामदारका पक्षमा मन्त्रीपरिषदद्धारा अर्को निर्णय 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय