काठमाडौं, कात्तिक ४- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २२ पैसा र विक्रि दर २९ रुपैंयाँ ३९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५२ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ३८ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ५२ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५१ रुपैंया ४० पैसा छ भनें विक्रि दर ३५३ रुपैंयाँ ३८ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ २० छ भनें विक्रि दर २८३ रुपैंयाँ ७९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
अलपत्र परेका १६ जना नेपालीको उद्धार