अलपत्र परेका १६ जना नेपालीको उद्धार 

काठमाडौं, कात्तिक ४  

जिफन्ट सपोर्ट ग्रुप, कुवेतले रोजगारी नपाएर ६ महिना देखि कुवेतमा अलपत्र परेका १६ जना नेपालीको उद्धार गरेको छ । रोजगारीका लागि गत जनवरीमा कुवेत पुगेका २२ जना नेपाली मध्ये १६ जना नेपाल फर्केका हुन् । सुरुको तीन महिनासम्म रोजगारी तथा आवास सुविधा पाएका उनीहरु विगत ६ महिनायता काम विहिन थिए । यसैगरी कम्पनीले उनीको आवासिय भिसा समेत नलगाई दिएको पीडितले गुनासो गरेका छन् । 

नेपालको फोकस मेनपावर कम्पनी मार्फत कुवेतको खलिफा दाद अल दावुस कम्पनीमा रोजगारीका लागि पुगेका ति नेपाली रोजगारीको अभावमा खाद्यान्न अभाव समेत भोगिरहेका थिए । उनीहरुको समस्या जिफन्ट सपोर्ट ग्रुपमा पुगेपछि पीडितलाई खाद्यान्न सहयोग गरिएको थियो । 

यसैगरी पीडितलाई नेपाल फर्काउन कुवेतस्थीत नेपाली दुतावास मार्फत दवाव दिइएको थियो । कुवेतस्थीत नेपाली दुतावासका द्धितिय सचिव भोगेन्द्र लिङदेनका अनुसार जिफन्ट सपोर्ट ग्रुप, कुवेतको अनुरोध पश्चात दुतावासले कम्पनीलाई समस्या समाधानका लागि ताकेता गरेको थियो । 

दुतावासको ताकेता पश्चात दिल्लीसम्म नेपालीलाई पठाउने जिम्मेवारी कुवेतस्थीत कम्पनीले लिने र त्यसपछि नेपाल पुर्याउने जिम्मा नेपालस्थीत मेनपावर कम्पनीले लिने गरी गत अक्टोवर १६ तारिखमा १६ जना दिल्लीका लागि उडेको दुतावासले जनाएको छ । बाँकी अन्य नेपाली पनि अविलम्व फर्किने जनाइएको छ । 

यो पनि पढ्नुहोस् 

कतारमा आममाफीका लागि १ हजारले दिए निवेदन, घर फर्किनेमा सवैभन्दा धेरै नेपाली, बंगलादेशी र श्रीलंकन 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय