कतारमा आममाफीका लागि १ हजारले दिए निवेदन, घर फर्किनेमा सवैभन्दा धेरै नेपाली, बंगलादेशी र श्रीलंकन 

दोहा, कात्तिक ३ 

कतारले गत सेप्टेम्वर १ देखि सुरु गरेको अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारलाई सहजतापूर्वक घर फर्किन पाउने योजना(आममाफी) अन्तर्गत हालसम्म १ हजार व्यक्ति स्वदेश फर्किएका छन् । गत ६ हप्ता भित्र त्यति व्यक्ति घर फर्किएको र त्यसमध्ये २ सय २९ जना नेपाली रहेको दोहा न्यूजले समाचार लेखेको छ । 

यसरी फर्किनेहरुमा सवैभन्दा धेरै बंगलादेशी, नेपाली र श्रीलंकाका नागरिक भएको जनाइएको छ । यसबीचमा २ सय २९ जना नेपालीले घर फिर्तिका लागि आवश्यक कागजात माग्दै नेपाली दुतावासमा निवेदन दिएको समाचारमा जनाइएको छ । दोहास्थीत नेपाली दुतावासका श्रम सहचारी नरेन्द्र ज्ञवालीका अनुसार ति नेपालीले स्वदेश फर्किन आवश्यक कागजात दुतावासबाट लिएका छन् ।

यसैगरी ७ सय जना बंगलादेशी नागरिकले स्वदेश फिर्ताका लागि आवश्यक कागजात बनाइदिन दोहास्थीत आफ्नो देशको दुतावासमा निवेदन दिएका थिए । ४ सय ५० जना श्रीलंकाका नागरिकले आफ्नो दुतावासबाट कागजात बनाएका छन् । 

डिसेम्वर १ मा आममाफीका लागि निवेदन दिने म्याद सकिन लागेपछि यो चाप बढ्ने अपेक्षा कतार सरकारले गरेको छ । भारतीय दुतावासले झण्डै ८ हजार भारतीय नागरिक यो कार्यक्रमको सुविधा उठाएर स्वदेश फर्किने अपेक्षा गरेको छ । 

यो पनि पढ्नुहोस् 

दुईजना नेपालीको मृत्यु, शव पठाउन साहुले माग्यो ४० हजार रियाल  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय