
रञ्जना लम्साल, नवलपरासी, कात्तिक ३
साउदी अरवमा दुई नेपालीको मृत्यु भएको छ । नवलपरासी राकाचुली १ का वीरबहादुर सुनारको कात्तिक २ गते मृत्यु भएको हो । उनी साउदीको आवामा रहेको मताम अल मरासीम रेष्टुरेण्टमा हेल्परको काम गर्दथे ।
मृतकका दाजु भीम वहादुर बिकका अनुसार उनी ५ दिन अगाडी काम गर्दैगर्दा अकस्मात ढलेको जानकारी साहुले दिएका छन् । “हिजो फोन गर्दा साहुले मंगलवार १ बजे निधन भयो भन्ने जानकारी दियो” विकले भने “शव पठाइदेउ भन्दा ४० हजार रियाल लाग्छ भनेको छ ।” त्यसपछि आफूहरुले सुनारलाई पठाउने नेपालस्थीत मेनपावर कम्पनीमा कुरा गर्दा आफूहरुले सहयोग गर्ने बचन दिएको उनी बताउँछन् । सुनार परिवारले शव ल्याउन सहयोग गरिदिन कावासोतीस्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा पनि निवेदन दिएका छन् ।
२९ बर्षिय मृतक सुनारका श्रीमति, एक छोरा र एक छोरी छन् । छोरा अचेत भएर लडेको खवर पाएपश्चात मुर्छा परेर अरुणखोला भर्ना भएका उनका बाबु आमा र सुनारकी श्रीमति चार दिन पश्चात बुधवार घर फर्किएका छन् । चार बर्ष सो रेष्टुरेष्टमा काम गरेका उनी १० महिना अघि घर आएर पुनः साउदी गएका थिए ।
यसैगरी भारतीपुर ९ नवलपरासीका धनवहादुर सारुको युएईमा मृत्यु भएको छ । ६ बर्षदेखि युएईमा कार्यरत सारु गत बर्ष नेपाल आएर पुनः युएई गएका थिए । उनको गत असोज २६ गते मृत्यु भएको हो । सारुका साथि दिपेश न्यौपानेले दिएको जानकारी अनुसार उनी राती राम्रैसँग सुतेका विहान मृत भेटिएका थिए । उनको शव नेपाल ल्याउन परिवारले सुचना केन्द्रमा निवेदन दिएका छन् ।
यो पनि पढ्नुहोस्
मलेसियामा बढ्यो कामदारको अभाव, ४० प्रतिशत कामदार अवैधानिक