मलेसियामा बढ्यो कामदारको अभाव, ४० प्रतिशत कामदार अवैधानिक 

सुदीप निउरे, क्वालालम्पुर, कात्तिक ३  

मलेसिया सरकारले अबैध आप्रवासी कामदार घटाउन जारी राखेको प्रयास प्रभावहिन बनेको छ । मानव संसाधन मन्त्रि रिचर्ड रियोटको दावी अनुसार अहिलेपनि मलेसियामा कार्यरत ४० प्रतिशत आप्रवासी कामदार अबैधानिक छन् । 

मुलुकमा भएका कामदारको ठुलै हिस्सा अबैधानिक भएपछि यस्को बिकल्पबारे सरकारले आन्तरीक गृहकार्य जारीराखेको छ । स्थानिय सञ्चार माध्यमका अनुसार मलेसियामा अहिले ब्यापक मात्रामा कामदार अभाव छ । पछिल्लो तथ्यांक अनुसार मलेसियामा १९ लाख बिदेशी कामदार बैधानिक हैसियतमा काम गरिरहेका छन् । अघिल्लो बर्ष मलेसिया सरकारले सार्बजनिक गरेको रिपोर्ट अनुसार २१ लाख ३५ हजार बिदेशी कामदार यहाँ कार्यरत थिए ।

एक बर्षको अन्तरालमा २ लाख ३५ हजार कामदार कटौती गरेसंगै मलेसियामा कामदारको अभाव हुन थालेको हो । सन् २०२० सम्ममा आप्रवासी कामदारको परनिर्भरतामा कमी ल्याउने लक्ष्य राखेको मलेसियालाई अबैधानिक कामदार समस्या समाधान गर्ने बिषय चुनौती बनेको सरकारी अधिकारीहरु बताउँछन् । 

१७ प्रतिशत आप्रवासी कामदारमाथीको परनिर्भरता कटौती गरी १५ प्रतिशतमा झार्ने सरकारको लक्ष्य थियो । स्थानिय नागरिक आप्रवासी कामदारले गर्दै आएको काममा प्रतिस्थापन हुन नसके पछि कामदार अभाव ब्यापक बन्न पुगेको बिभिन्न अधययनले देखाएको छ । यसै साता बसेको मलेसियाको मन्त्रिमण्डल बैठकले कामदार अभाव तथा अबैधानिक कामदार समस्या समाधानबारे छलफल गरेपनि निकासका लागि ठोस निती सार्बजनिक गरेको छैन । मलेसियाले सहजरुपमा आप्रवासी कामदार लिने वातावरण नबनाएका कारण अन्र्तराष्टिय स्तरका ठुला कम्पनिहरुले त्यस्को विकल्प खोज्न थालेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन ।

यो पनि पढ्नुहोस् 

मलेसिया जाने नयाँ तरिका, कामदारको माग घटेपछि अवैध बाटो 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय