मेरो चरित्रहत्या गर्ने काम भयो: सापकोटा 

काठमाडौं, कात्तिक २

युएईको फुजेरामा नमस्ते रेष्टुरेण्ट सञ्चालन गर्ने सुजन सापकोटाले आफूले संघर्ष गरेर प्राप्त गरेको सफलताका कारण केहि व्यक्तिले आफ्नो चरित्रहत्या गर्न खोजेको गुनासो गरेका छन् । उनले केहि महिना अगाडी आफ्नो रेष्टुरेण्टमा काम गर्ने नेपाली कामदारले गरेको बदमासीका कारण आफूले आवेशमा आएर उनीहरुलाई ‘पाट्टपुट्ट’ पारेको घटनालाई अतिरञ्जीत रुपमा प्रचार गरिएको उनको भनाई छ । 

काठमाडौंमा पत्रकार सम्मेलन गरी सापकोटाले आफूले विदेशमा रगत पसिना बगाएर काम गरिरहेको भन्दै सो घटनाले आफ्नो चरित्रहत्या भएको गुनासो गरे । आफूले ठूलो खर्च गरेर लगेका कामदारहरुले काम गर्न अटेरी गर्ने गर्दै आएकोमा ठूलो दुर्घटना गराउने उद्धेश्यले रेष्टुरेष्टको ग्यास खुल्लै छोडेर, रेष्टुरेष्टको पैसा निकालेर हिंडेपछि आफू आवेशमा आएको बताए । “१६ तल्लाको भवनमा सवैभन्दा तल्लो तल्लामा रहेको रेष्टुरेण्टमा आगलागी भएको भए त्यसले युएईमा जेल जानुपर्ने अवस्था आउने थियो” उनले भने “यसले यो घटना सुनियोजित रुपमा गरिएको थियो भन्ने देखिन्छ ।” उनले आफू कामदार बस्ने कोठामा जाँदा उनीहरुले कोठा भित्रबाट बन्द गरेको र भित्रबाट अपशव्द बोल्न थालेपछि आफूले पनि आवेशमा आएर हात छोडेको तर्क गरे । 

उनले आफूसँग व्यवसायीक साझेदार गरिरहेका व्यक्तिले कानूनी रुपमा दायित्व पनि मुक्त नहुने र व्यवसायीक साझेदारीको जिम्मेवारी पनि नलिने गरेको भन्दै घटना गराउन साझेदारले नै वातावरण बनाएको तर्फ ईंगित गरे । उनले योजनावद्ध रुपमा भिडियो खिच्ने मनसायले सो घटनाको वातावरण बनाइएको बताए । आफूले निःशुल्क भिसा र टिकटमा युएई लगेका ति व्यक्तिले ६ महिना नकटि नेपाल फर्किनु परेमा ठूलो रकम तिर्नुपर्ने भएका कारण यो घटनाको योजना बनाइएको सापकोटाको तर्क छ ।  

घटना पश्चात ति नेपाली कामदारले प्रहरीमा उजुरी गरेको र यस विषयमा आफू लगायतसँगको छलफल पश्चात मिलापत्र भई आफूले दिन बाँकी रकम दिएर विमानस्थलसम्म ल्याएर विदा गरेको र उनीहरुले आफ्नो गल्ती स्वीकार गरेको उनले पत्रकार सम्मेलनमा बताए । 

घटनाको ५-६ महिना पश्चात युएईमा आफूले साँस्कृतिक कार्यक्रम गर्ने दिन पारेर सो भिडियो सार्वजनिक गरिनु आफू विरुद्धको षड्यन्त्र भएको सापकोटाको तर्क छ । “मैले किन पिटें, ति भाईहरु कहाँ गए भन्ने कुराको खोजि गरिनु पर्छ कि पर्दैन” सापकोटाले प्रश्न गरे “दिनरात मेहनत गरेर मैले कमाएको ईज्जत, प्रतिष्ठा सखाप पार्नेगरी केवल त्यो भिडियो मात्र प्रकाशित गर्न मिल्छ ?”

सापकोटाले युएईमा नेपाली कामदारलाई कुटपिट गरेको सो भिडियो सहितको समाचार देशपरदेशले सार्वजनिक गरेको थियो । समाचारमा हालिएको भिडियोले सोसल गाइडलाईन मिचेको भन्दै गरिएको रिपोर्टका कारण युट्युवले पछि हटाएको छ । 

सापकोटाले आयोजना गरेको पत्रकार सम्मेलनको केहि अंश भिडियोमा हेर्नुहोस् 

 {source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NB7ZJG3976s” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय