दोहा, कात्तिक २
सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोेजना गर्न गइरहेको कतारलाई विश्व जगतको ठूलो दवाव छ कामदारमैत्री कानून बनाउन । कफला प्रणालीको अन्त्य तथा कामदारमैत्री कानूनका लागि अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ लगायतले कतारलाई दवाव दिंदै आएका छन् ।
सोही दवावका कारण कतारले श्रम कानूनमा महत्वपूर्ण फेरवदल सहित आगामी डिसेम्वर महिनादेखि नयाँ श्रम कानून लागु हुने प्रतिवद्धता जनाएको छ । यद्यपी सो कानूनमा पनि कामदारका पक्षमा धेरै महत्वपूर्ण परिवर्तन नहुने आशंका धेरैले गर्दै आएका छन् । कतारमा कामदारले मन नपराउने ७ वटा विषयलाई कतार डे डटकमले प्रकाशित गरेको छ । ति हुन्
१ रोजगारदाता, कम्पनी फेर्न पाउने स्वतन्त्रता नहुनु
कतारको श्रम कानूनले रोजगारदाता फेर्ने अनुमति दिएको छैन । बीचमै कुनै व्यक्ति मुद्धा गरेर स्वदेश फर्किएमा दुई बर्षे प्रतिवन्ध लाग्छ । यो सवैभन्दा मन नपराइएको विषय हो ।
२ रोजगारदाताको अनमति विना कतार छोड्न नपाउनु
रोजगारदाताबाट नो अव्जेक्सन लेटर नपाएसम्म मुलुक छोड्न नपाउनु अर्को आलोचनाको विषय हो । नयाँ कानूनले यसलाई हटाउने बताइएको छ ।
३. दुई बर्षे प्रतिवन्ध
रोजगारदाताले नो अव्जेक्सन लेटर नदिएको अवस्थामा स्वदेश फर्किएको व्यक्तिलाई लाग्ने दुई बर्षे प्रतिवन्ध कामदारले नरुचाउने अर्को विषय हो । प्रतिवन्ध लागेको व्यक्ति भिजिट भिसामा समेत कतार जान पाउँदैनन् । नयाँ कानूनले यो बन्देजलाई हटाउने बताइएको छ ।
४. भनिए अनुसार तलव नदिइनु
स्वदेशमा भनिए अनुसारको तलव सुविधा कतार आइपुगेपछि नपाउने कामदारले मन नपराउने विषय हो । तर त्यसरी कतार आइपुगेकाहरुलाई यहाँको श्रम कानूनले बाँध्ने भएका कारण उनीहरुले यसका विरुद्धमा आवाज उठाउन सक्दैनन् ।
५. तलव बृद्धि न्यून
कतारमा आप्रवासी कामदारको तलव बृद्धि ज्यादै न्यून हुने गर्दछ । तर कतारी नागरिकको भनें यो बृद्धिदर राम्रो छ । यसमा कतारको कानूनले दिएको छुट आप्रवासी कामदारले मन पराउँदैनन् ।
६. रोजगारदाताले पासपोर्ट राख्ने, तलव समयमा नदिने र स्वदेश फर्किने समयमा पाउनु पर्ने उपदान नपाउने
यो विषय प्रायशःको गुनासोको विषय हो । विशेष गरी पासपोर्ट आफ्नो साथमा राख्न नपाउने अधिकाँशको समस्या हो । यसैगरी दिइनुपर्ने सेवा सुविधामा ठगि गरिएको गुनासो प्रायशःले गर्ने गरेका छन् ।
७. लामो कार्य समय
श्रम कानून अनुसार साप्ताहीक रुपमा ४८ घण्टा कार्यसमय हो । रमादानमा यसलाई घटाएर साप्ताहिक रुपमा ३६ घण्टा बनाउनु पर्दछ । तर कतिपय कम्पनीहरुले लामो समय काम गराएर ओभरटाइम समेत दिंदैनन् । यो कतारमा कामदारलाई मन नपर्ने अर्को विषय हो ।
यो पनि पढ्नुहोस्
कतारमा भुलेर पनि गर्नुहुन्न यी १० काम, लाखौं जरिवाना देखि मृत्युदण्डसम्मको सजाय