हुण्डी कारोवारीलाई आफू अनुकुल मुद्धा नचलाएकोमा एसपीलाई नै कारवाही !

पर्सा, कात्तिक २ 

हुन्डी कारोबारीमाथि आफू अनुकूल प्रहरीले मुद्दा नचलाएको आक्रोशमा व्यवसायीको दबाबमा पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ गृहमन्त्रालय तानिएका छन् । स्रोतका अनुसार मन्त्रालयको दबाबमा प्रहरीको केन्द्रीय कार्यालयबाट आइतबार आएको पत्रमा मन्त्रालयमा ब्रिफिङका लागि एसपी श्रेष्ठलाई उपस्थित हुन भनिएको छ ।

एसपी श्रेष्ठ सोमबार अपराह्न काठमाडौँतर्फ लागेका छन् । उनले प्रहरी प्रधान कार्यालयले बोलाएपछि काठमाडौँ आइपुगेको बताए । एसपी श्रेष्ठले मंगलबार गृहमन्त्रीलाई भेट्ने स्रोतले जनाएको छ ।

हाल अमेरिका रहेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समेत आइतबार फोन गरी हुन्डी प्रकरणबारे एसपीसँग जानकारी लिएका थिए । विश्वसनीय स्रोतका अनुसार आइतबार साँझसम्म एसपी मन्त्रालय नजाने अडानमा थिए । ‘अवैध कारोबारीलाई छाड्न नेता र व्यवसायीको दबाब नमान्दा मन्त्रालयको दबाबमा विभाग आउँदिनँ,’ एसपीको भनाई उद्धृत गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘कायममुकायम सम्हालेका हाकिमले अडान लिन सक्नुपर्छ ।’

सम्बद्ध स्रोतका अनुसार गृहमन्त्री बिमलेन्द्र निधिका निकट मानिएका पूर्व सभासद तथा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माको सक्रियतामा एसपीलाई मन्त्रालय झिकाइएको हो ।

कांग्रेस निकट स्रोतका अनुसार पहिलो संविधान सभाको समानुपातिक कोटामा निधिकै सिफारिसमा शर्मा सभासद नियुक्त भएका थिए । एसपीलाई मन्त्रालयले बोलाएको आफूलाई जानकारी नभएको शर्माले बताए । ‘यो कार्यमा संलग्न छैन्,’ पूर्व सभासद शर्माले भने, ‘दसैं अगाडि नै मन्त्री, आइजीपी र सचिवसँग गुनासो गरेका थियौँ, बजारमा चलेको हल्लामा सत्यता छैन् ।’ एसपी श्रेष्ठ इमान्दार भएपनि व्यवहारिक नभएको उनले बताए । ‘हुन्डी कारोबारीसँगै पक्राउ परेकी महिलाको हकमा मात्र हामीले सिफारिस गरेका थियौँ,’ उनले भने, ‘दुई नम्बरी कारोबार गर्नेलाई कारबाही हुनैपर्छ ।’  

गत असोज १६ गते विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज उपमहानगरपालिका–७ रेशमकोठी स्थित सन्तोष जैनको घरबाट ठूलो रकम सहित हुन्डी कारोबारमा संलग्न रहेका व्यापारी सन्तोष जैन, उनका छोरा अंकुर जैन, श्रीमति उषा जैन सहित ५ जनालाई पक्राउ गरेको थियो ।

वीरगन्ज र आसपासका क्षेत्रबाट संकलित रकम भारतको विभिन्न सहरमा विगत लामो समयदेखि गैक बैंकिङ प्रक्रियाबाट पठाउँदै आएको सूचनाको आधारमा प्रहरीले छापामारी ८१ लाख ४ हजार रुपैयाँ नगद, एक करोड ३२ लाख ७८ हजार रुपैयाँको विभिन्न बैंकको २४ थान चेक, रुपैयाँ गन्ने मेसिन बरामद गरेको थियो ।

६ थान मोबाइल र भारतीय मोबाइल कम्पनी एयरटेलको एन्टेना घरमा जडान भएको फेला परेको थियो । दसैंको बेला अदालत बन्द भएकाले प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको थियो । गत आइतबार अदालतले पक्राउ परेको दिनदेखिको प्रहरीलाई २० दिनको म्याद दिएको छ । प्रहरीले बैंक तथा बित्तिय संस्था ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

बाबु र छोरा दोषी भएपनि प्रहरीले अनाहकमा चाड पर्वको बेला आइमाईलाई थुनेको भन्दै यहाँका उद्योगीरव्यवसायीले गुनासो गर्दै आएका थिए । पक्राउ परेका सन्तोष र अंकुरले बरामद रकम न्यु नेहा ओभरसीजको नाममा दर्ता रहेको फर्मको कारोबारको रहेको बताएका थिए ।

फर्म उषाको नाममा दर्ता रहेको देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताउँदै आएको छ । उक्त फर्मले वाणिज्य विभागबाट लिएको प्रमाणपत्रमा सुर्तीजन्य वस्तु, निर्माण सामाग्री, खाद्य सामाग्री, सुन चाँदीको गरगहना तथा सजावटका सामानको कारोबार गर्ने उल्लेख छ । ‘राष्ट बैंकको इज्जात बिना विदेशमा आर्थिक कारोबार गर्न पाइँदैन्,’ एक अनुसन्धान अधिकृतले भने, ‘यो अवैध बित्तिय कारोबार हो ।’

घटनास्थलबाट बरामद मोबाइल फोनको कल डिटेल्स र म्यासेजको विवरणले भारतमा अवैध रुपले दैनिक ठूलो रकम पठाउने गरिएको स्थापित भएको प्रहरीले दाबी गरेको छ । ‘हिरासतामा रहेका कारोबारीले समेत प्रहरी बयानमा हुन्डी गरेको सकारेका छन्,’ मुद्दा फाँटका एक अधिकृतले भने, ‘हुन्डी गर्दा व्यापारीले अप्नाउने हरेक तरिका अनुसन्धानले प्रमाणित गरेको छ ।’

कान्तिपुरबाट 

कतारमा भुलेर पनि गर्नुहुन्न यी १० काम, लाखौं जरिवाना देखि मृत्युदण्डसम्मको सजाय 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय