दोहा, कात्तिक २
कतारमा कार्यरत हुनुहुन्छ ? वा घुम्न कतार आउनु भएको छ की ? यहाँ बस्दा भुलेर पनि गर्न नहुने केहि कुरा छन्, जसका बारेमा तपाई जानकार हुन आवश्यक छ । यदि तपाईले भुलेर पनि यी गल्ती गर्नुभयो भनें कतारमा ठूलो आर्थिक जरिवाना वा कैद सजाय वा दुवैको फन्दामा पर्न सक्नुहुन्छ ।
कतारमा गर्न नहुने १० काम
१. कसैको अनुमति विना फोटो खिच्नु वा महिलाको फोटो खिच्नुः
तपाईले यसो गर्नुभएमा ठूलो आर्थिक जरिवानामा पर्नुहुन्छ । साथै एकबर्षसम्म कैैद सजाय हुन सक्छ यसैगरी दुर्घटनाको फोटो फेसबुक जस्ता सामाजिक सञ्जाल मार्फत शेयर गरेमा पनि तपाईलाई जरिवाना र कैद सजाय हुन्छ ।
२. चेतावनीयुक्त वा यौन आशयका सन्देशहरु ह्वाट्स्एप, भाइवर लगायत मार्फत पठाउनुः
कुनै पनि सामाजिक सञ्जाल मार्फत यस्ता सन्देश पठाइएमा समस्यामा परिन्छ । यस्तो गरिएमा चर्को जरिवानासँगै ३ महिनासम्म जेल सजाय हुन्छ । यसमा विद्युतिय कारोवार ऐन आकर्षित भएमा १ बर्षसम्म कैद र एक लाख रियाल(नेरु२७ लाख) सम्म जरिवाना हुन्छ ।
३. वाईफाई ह्याक गरेमाः
यस्तो काम गरेमा पनि ठूलो आर्थिक सजाय हुन्छ । ३ महिना देखि ५ बर्षसम्म कैद सजाय हुन सक्छ । ३ हजार देखि २० हजार रियालसम्म जरिवाना हुन्छ ।
४. रक्सी सेवन गरी गाडी चलाएमाः
कतारमा रक्सीको एक थोपा पनि खाएर गाडी चलाउन पाइन्न । त्यस्तो भेटिएमा १० देखि ५० हजार रियाल जरिवाना हुन्छ । कम्तीमा एक महिना देखि बढीमा ३ बर्षसम्म जेल सजाय हुन्छ ।
५. सार्वजनिक ठाउँमा मदिरापानः
कतारमा यो बन्देज भएको विषय हो । कसैले सार्वजनिक स्थानमा मदिरापान गरेको पाइएमा ६ महिनासम्म जेल सजाय र ३ हजार रियालसम्म जरिवाना हुन्छ ।
६. लागु औषधको ओसारपसार, प्रयोग वा कारोवारः
यस्तो कसुरमा ५ लाख रियालसम्म जरिवाना र मृत्युदण्डसम्मको सजाय हुनसक्छ ।
७. अश्लिलता झल्किने कपडा लगाएमाः
अश्लिलता झल्किने कपडा लगाएमा ६ महिनासम्म कैद र ३ हजार रियाल जरिवाना वा दुवै सजय हुनसक्छ ।
८. समलिंगि सम्वन्धः
यो कतारमा अमान्य कुरा हो । यस्तो भेटिएमा १ देखि ३ बर्षसम्म कैद सजाय हुन्छ ।
९. विपरित लिंगिसँग सार्वजनिक स्थलमा चुम्वन गरेमा वा अँगालो हालेमाः
यस्तो कसुरमा ६ महिनादेखि ३ बर्षसम्म जेल सजाय हुन्छ ।
१०. धार्मिक आस्थामा चोट पुर्याउनुः
मुस्लिम धर्म मान्ने देश कतारमा धार्मिक आस्थामा चोट पुर्याउने कार्य गरेमा १० बर्षसम्म कैद र १० हजार रियाल जरिवाना हुन्छ । त्यसैले धार्मिक विषयमा विशेष सचेत रहन आवश्यक छ ।
यो पनि पढ्नुहोस्
‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन
