विश्व ट्रेड युनियन महासंघमा नेपालबाट खनाल निर्वाचित 

काठमाडौं, कात्तिक १ 

पेशागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमल खनाल विश्व ट्रेड युनियन महासंघको प्रेसिडेन्सियल काउन्सिल(केन्द्रीय कमिटी) सदस्यमा निर्वाचित भएका छन् । विश्व ट्रेड युनियन महासंघको दक्षिण अफ्रिकामा भएको १७ औ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष खनाल काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् । ४७ सदस्य रहने सो कमिटीमा नेपालबाट खनाल एकमात्र प्रतिनिधिका रुपमा निर्वाचित भए । सो महाधिवेशनमा नेपालका ८ वटा महासंघका ४० जना प्रतिनिधि सहभागि थिए ।  

यस्तै नेपाल राष्ट्रिय कर्मचारी महासंघ अध्यक्ष मोहनमान स्वाँर फाइनान्स कन्ट्रोल कमिटीको सदस्य निर्वाचित भए । महाधिवेशनमा बैदेशिक रोजगारका लागि गएका आप्रवासी कामदारको हक, अधिकारका बारेमा पनि छलफल भयो । यसैगरी युद्ध र गरिवीका विरुद्ध श्रमिकको आधारभुत आवश्यकता प्राप्तिका लागि संघर्ष गर्ने निर्णय पनि गरेको पेशागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष खनालले जानकारी दिए । आर्थिक संकटका कारण श्रमिक वर्ग समस्यामा परेको निष्कर्ष निकाल्दै महाधिवेशनले गरिवीका कारण लडाई हुनु दुर्भाग्य भएको र श्रमिकको न्यूनतम आवश्यकता पूरा हुने ज्याला दिन सबैलाई अपिल समेत गरेको छ । युवा र महिलाको बीचमा कामलाई विस्तार गर्ने निर्णय पनि महाधिबेशनले गरेको उनको भनाई छ । विश्व ट्रेड युनियन महासंघको १७ औ महाधिबेशनमा १ सय १२ देशका १५ सय पर्यवेक्षक प्रतिनिधि सहभागी थिए ।

यो पनि पढ्नुहोस् 

‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय